धनगढीमा पनि कोरोनाको शङ्का गरिएका एकको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनगढीमा पनि कोरोनाको शङ्का गरिएका एकको मृत्यु



धनगढीमा पनि कोरोनाको शङ्का गरिएका एक जनाको मृत्यु भएको छ ।

माया मेट्रो अस्पतालले कञ्चनपुरकाे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवाकाे उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ।

अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बिहीबार आइसियूमा राखिएका उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको बताए।

उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बिहीबार राति अस्पताल पुर्‍याएका थिए। अस्पतालका अनुसार युवकमा मधुमेह (सुगर)को समस्या देखिएको थियो।

उनलाई निमोनिया भएकाे आशंका गरिएको छ। आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लिनीकमा सामान्य परीक्षणपछि सेती अस्पताल ल्याएकाे बताए।

एक दिन सेती अस्पतालमै भर्ना भएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आइसियूमा राख्नुपर्ने सुझाएका थिए। तर सेतीमा आइसियू खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल पुर्‍याएका हुन्।

यसैबीच मृतककाे थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ। अस्पतालका अनुसार कोरोनाको लक्षण नदेखिए पनि भारत शव लैजादा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गर्न लागिएको हो।