धोनीलाइ टीम इन्डियाबाट आउट गरिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धोनीलाइ टीम इन्डियाबाट आउट गरिने



एजेन्सी – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई राष्ट्रिय टिममा नराखिने संकेत देखिएको छ । सेलेक्टरहरूले धोनीले संन्यास नलिए पनि उनलाई टीम इन्डियामा स्थान नदिइने संकेत दिएपछि यस्तो अवस्था आएको हो ।

चीफ सेलेक्टर एमएसके प्रसाद छिट्टै धोनीसँग कुरा गर्दैछन् । धोनीले संन्यासको फैसलाका बारेमा प्रसादलाई जानकारी नदिएमा प्रसादले उनीसँग कुरा गर्नेछन् ।

सेलेक्टरहरूले टी२० विश्वकपमा धोनीलाई समावेश नगर्ने लक्षण देखिएको छ । एक सूत्रले बतायो, ‘धोनीले इन्टरनेसनल क्रिकेटबाट बिदाइ लिनुपर्छ । पहिलाको जस्तो लय हासिल गर्न उनी सक्दैनन् ।’

सूत्रले भन्यो, ‘ऋषभ पन्त जस्ता युवा क्रिकेटर पालो कुरेर बसेका छन् । अनि धोनी पहिलेको जस्तो फिनिशर रहेनन् । उनी ६ वा ७ नम्बरमा ब्याटिङ गर्दा संघर्ष गरिरहेका देखिन्छन् । यसले टीमलाई हानि गरिरहेको छ ।’

न्युजील्यान्डविरुद्ध सेमीफाइनलमा धोनीको ब्याटिङ सुस्त थियो र अन्तिम ओभरमा बलको तुलनामा बढी रन चाहिँदा उनी आउट भए र टीम हार्‍यो ।

धोनीले विश्वकपपछि संन्यास लिने विषयमा सेलेक्टर र उनीबीच कुराकानी भएको थियो । यस विषयमा सूत्रले बताएअनुसार, धोनीको ध्यान भंग नहोस् भनेर संन्यासको कुरा उठाइएको थिएन । तर अहिले समय परिवर्तन भएको छ । धोनीले पाउन बाँकी अब केही छैन र उनले अन्तर्राष्ट्रिय स्तरमा केही पनि साबित गर्नुपर्ने छैन ।