सुशान्तको फिल्म ‘दिल बेचारा’ ले बलिवुडमा बनायो नयाँ इतिहास - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुशान्तको फिल्म ‘दिल बेचारा’ ले बलिवुडमा बनायो नयाँ इतिहास



काठमाडौं- भारतका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ ।

फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् ।

सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ ।

फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो । रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो । सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ ।

स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हसन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ ।