दिपकराज गिरी भन्छन: ज्यान रहे पैसा पछि कमाउँला, ऋण तिरौंला, घरमै बसौं - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिपकराज गिरी भन्छन: ज्यान रहे पैसा पछि कमाउँला, ऋण तिरौंला, घरमै बसौं



काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि कलाकार दीपकराज गिरीले घरबाट ननिस्कन सर्वसाधारणलाई सबैलाई आग्रह गरेका छन् ।

सरकारले घरबाट निस्कन नहुने भनिरहेका बेला उनले सचेतनाका लागि सामाजिक सञ्जाल फेुसबुकमा भिडियो सन्देश दिँदै सरकारले गरेको आग्रहलाई पालना गर्दै सचेत रहन अनुरोध समेत गरेका छन् ।

कलाकार गिरीले रोजीरोटीको कुरा उठाउँदै ज्यान रहे पैसा पछी पनि कमाउन सकिने भन्दै भए स्वास्थ्यमा विशेष ख्याल राख्न भनेका छन् ।

स्वास्थ्यमा खेलवाड नगर्न भन्दै कमजोर आर्थिक अवस्था रहेको परिवारलाई घरमै बस्नुपर्दा आर्थिक अभाव देखिए पनि परिस्थिती सहज भएपछि ऋण तिर्न सकिने बताएका छन् ।

गिरीले काम विशेषले परिवारलाई समय दिन नसकेकाहरुले पनि परिवार तथा आफन्तसँग बसेर समय व्यतित गर्ने अवसरका रुपमा निनुपरने बताएका छन् ।

रोगप्रतिरोधात्मक शक्ति बढाउने भिटामिन सि जन्य कागती, सुन्तला जस्ता फलफूल तथा खाद्यय पदार्थ खान सुझाव दिएका कलाकार गिरीले भ्रम फैल्याउने समाचारका पछि नलाग्न पनि सुझाव दिएका छन् ।