अब २ हजार रुपैयाँमात्रै साट्न पाइने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब २ हजार रुपैयाँमात्रै साट्न पाइने



२ मंसिर, काठमाडौं । भारत सरकारले शुक्रबारदेखि दुई हजार रुपैयाँसम्म मात्रै भारु नोट सटही गर्ने भएको छ । हालसम्म भारतीय नोट सटहीको सीमा ४ हजार ५ सय रुपैयाँ थियो ।

भारत सरकारले हाल भारु एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएको छ । त्यसबाट भारतीय नागरिकहरुलाई परेको अप्ठ्रोलाई मध्यनजर गर्दै सरकारले भारु एक हजार र पाँच सय दरका नोट साट्दिँदै आएको छ । रकम साट्नेहरुको बैंकमा लामो लाइन देखिन्छ ।

अर्थसचिव शक्तिकान्त दासले अब शुक्रबारदेखि दुई हजार रुपैयाँसम्म मात्रै नोट सटही हुने बताए । तर, खेतिपातीमा संलग्न किसान र बिहे गर्नुपर्नेहरुलाई भने सुविधा दिइएको छ ।

मलखाद र बिउ खरिद गर्ने किसानहरुले हप्तामा २५ हजार रुपैयाँ साट्न पाउनेछन् ।

यसैगरी तरकारी व्यापारीहरुले हप्तामा ५० हजार रुपैयाँ साट्न पाउने अर्थसचिव दासले जानकारी दिए ।

यस्तै बिहे गर्ने घर परिवारहरुले भने साढे २ लाख रुपैयाँसम्म रकम साट्न पाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कालो धन सञ्चिती रोक्ने र नक्कली नोटको कारोबार रोक्ने उद्देश्यले भारत सरकारले भारु एक हजार र पााच सय रुपैयाा दरका नोटमा प्रतिबन्ध लगाएको छ ।

onlinekhabar