‘डोक्लम मुद्दामा नेपालको तटस्थता कायम होस्’ - चिनियाँ उपप्रधानमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘डोक्लम मुद्दामा नेपालको तटस्थता कायम होस्’ – चिनियाँ उपप्रधानमन्त्री



 

काठमाडौं, ३१ साउन ।

चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ । जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ ।

नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए ।

डोक्लम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो ।

नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छु, एक चिनियाँ अधिकारीले सोमबार भने ।

ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।