डिपिएल : काठमाडौं गोल्डेन्स र बिराटनगर किंग्स विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डिपिएल : काठमाडौं गोल्डेन्स र बिराटनगर किंग्स विजयी



धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) दोस्रो संस्करण प्रतियोगिता अन्तरगत बुधवारको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । यो सँगै काठमाडौँले लगातार तेस्रो जित हासिल गरेको छ ।

बुधवार दिउँसो भएको खेलमा सीवाईसी अत्तरियालाई ११ रनको अन्तरले पराजित गर्दै काठमाडौँले तेस्रो जित हासिल गरेको हो ।

१ सय ३८ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको सीवाईसी अत्तरियाले २० ओभर पुरै खेलेर ८ विकेटको क्षतिमा मात्रै १ सय २६ रन जोडेको थियो ।

त्यस्तै आज भएको पहिलो खेलमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रनमात्रै बनाउन सक्यो ।