डीपीएल: विदेशी खेलाडीको भरमा टिमको प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डीपीएल: विदेशी खेलाडीको भरमा टिमको प्रदर्शन



धनगढी प्रिमियर लिगमा पहिलो पटक विभिन्न देशका १२ विदेशी खेलाडी घरेलु मैदानमा खेल्दा समर्थक जति उत्साहित छन त्यति नै क्रिकेट प्रतिको क्रेज र मैदानमा देखिने दर्शकको उपस्थितीले उनिहरु पनि रमाइरहेका छन ।

डिपिएलमा ओमान, युएइ, भारत, हङकङका गरी १२ खेलाडीले ६ टिमबाट खेलिरहेका छन ।

विराटनगर किङसले हङकङ राष्ट्रिय क्रिकेट टिमका कप्तान बाबर हायात र भारतका शुभम कामत, टिम चौराह धनगढीले युएइका कप्तान रोहण मुस्तफा र युएइका अस्फाक अहमद , काठमान्डौ गोल्डेन्सले भारतका सन्नी पटेल र सुवोद भाटी , महेन्द्रनगर युनाइटेडे भारतकै पुनित मेहरा र पुनित बिस्ट, रुपन्देही च्यालेन्जर्सले ओमानका सुफियान मेहमुद र भारतका दिपक प्रसाद तथा सिवाइसी अत्तरियाले भारतका गौरव चितकारा र विपिन चन्द्रालाई टिमबाट खेलाएको छ ।

यी मध्ये विराटनगर, काठमान्डौ, महेन्द्रनगर र चौराहाको जीतमा विदेशी खेलाडीको प्रदर्शनले महत्वपुर्ण भुमिका खेलेको छ ।

विदेशी खेलाडीले खासै राम्रो खेल्न नसक्दा रुपन्देही र अत्तरियाको प्ले अफ यात्रा कठिन बनेको छ । टिमहरु ५० प्रतिशत भन्दा बढी ओभरसिज खेलाडीमा निर्भर देखिएका छन । जसले नेपाली खेलाडीलाई पनि विना दवाव ब्याटिङ गर्न प्रेरित गरेको छ ।

हङकङ टिमका कप्तान समेत रहेका बाबर हायात भन्छन- यस्तो ठाउमा पनि क्रिकेटको क्रेज देखेर निकै अचम्म लागेको छ । त्यसमा पनि आयोजकले प्रतियोगिताको ब्यवस्थापन निकै राम्रो गरेका छन । यो प्रतियोगिता निकै उचाईमा पुग्नेछ ।

यस्तै युएईका रोहन मुस्तफाले मैदानमा दर्शकको उपस्थितीको सख्या निकै राम्रो रहेकाले यो नै बेष्ट पार्ट लागेको छ र खेल्न पनि रमाइलो भइरहेको छ ।

बाबर र मुस्तफा डिपिएलमा सवैभन्दा बढी आकर्षणका रुपमा देखिएका छन । एसोसिएट राष्ट्रहरुमा बाबर अहिलेका राम्रा ब्याट्सम्यानका रुपमा गनिन्छन ।

रुपन्देही विरुद्ध बाबर हायातको प्रदर्शनका कारण विराटनगरले जित निकालेको थियो । मुस्तफा, पुनित मेहरा, पुनित बिस्ट, शुभोम लगायतको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ ।

विदेशी खेलाडीले घरेलु मैदानमा खेलेको देख्दा स्थानिय समर्थक पनि हरेह दिन मैदानमा पुगेर हेर्नेको सख्या पनि बढेको छ ।

विदेशी खेलाडीको उपस्थितीले डिपिएलको भ्यालु बढाएको छ भने स्तरिय खेलाडीले सिक्ने अवसर पाएका छन ।