डिपिएल : महेन्द्रनगरको दोस्रो जित , हारसँगै रुपन्देही बाहिरियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डिपिएल : महेन्द्रनगरको दोस्रो जित , हारसँगै रुपन्देही बाहिरियो



धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डिपिएल -२) को आज भएको खेलमा महेन्द्रनगर युनाइटेडसँग ४ विकेटले पराजित भएसँगै रुपन्देही च्यालेन्जर्स क्रीकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

रुपन्देही आज भएको आफ्नो चौथो खेलमा महेन्द्रनगर युनाइटेडसँग पराजित भएसङ्गै बाहिरिएको हो । महेन्द्रनगरको भने यो दोस्रो जित हो। दोस्रो जितसँगै ४ अंक जोडेर महेन्द्रनगर दोस्रो स्थानमा उक्लिएपछि रुपन्देही बाहिरिएको हो । ६ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा छ भने तेस्रो स्थानको विराटनगर र चौथो स्थानको धनगढीको समान ४–४ अंक छ।

अब अन्तिम खेलमा टिम चौराहा धनगढीलाई पराजित गरेपनि रुपन्देही शीर्ष चारमा पर्नेछैन।

यसअघि रुपन्देही सिवाइसी अत्तरियासँग ९ विकेट, काठमाडौं गोल्डेन्ससँग ६३ रन र विराटनगर किङ्ग्ससँग ४२ रनले पराजित भएको थियो।

प्रतियोगिता धनगढी स्थित अञ्चल प्रहरीको क्रीकेट मैदानमा भएको थियो ।