रातिको समयमा दुर्गन्ध फैलाउने तीन जना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रातिको समयमा दुर्गन्ध फैलाउने तीन जना पक्राउ



ललितपुर- काठमाण्डौं र ललितपुर आसपासमा रातिको समयमा मान्छे पोलेको जस्तो सहनै नसक्ने चर्को दुर्गन्ध फैलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

केहिदिन यता काठमाण्डौं, ललितपुर र भक्तपुरमा मध्ये रातमा स्थानीयहरू त्रसित हुनेगरी दुर्गन्ध फैलाएको आरोपमा ललितपुर सुनाकोठी बस्ने वर्ष ४८ को राजेश शेर्पा, भारत घर भई हाल सुनाकोठी बस्ने वर्ष २८ को साजित मुस्लिम र फेसल मुस्लिम पक्राउ परेका छन् ।

यो पनि

काठमाडौँ, ललितपुर र भक्तपुरमा रातभर मान्छे पोलेको जस्तो दुर्गन्ध

स्थानीय क्लब र सर्वसाधारणहरूले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा गुनासो गरेका थिए । सोमबार राति यस्तै सहन नसक्ने दुर्गन्ध ललितपुरमा फैलिएपछि स्थानीयहरू थप त्रसित बनेका थिए ।

ललितपुर महानगरपालिका वडा नं. १३, १४ का स्थानीयवासीले प्रहरीलाई यो बारेमा बताएपछि प्रहरी सक्रिय भएको बताइएको छ । सोहीअनुसार दुर्गन्ध फैलाउने ३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले उनीहरुले जलाइरहेकै अवस्थामा ललितपुर-१४ कान्तिपुर कोलोनी नजिकै नख्खु खोला किनारबाट सोमबार राति ११:३० मा पक्राउ गरेको हो। 

प्रहरीले तीन जनाले राँगा र भैँसीको हड्डी, छाला तथा रौँ पोलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। ललितपुरको सातदोबाटो, एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुलचोक, कुमारीपाटी, गाबहाल क्षेत्रमा यस्तो समस्या हुनेगरेको छ ।