द्विअर्थी गीत गाउने महिला कलाकारको पिडा-नगाए चल्दैन,गाए गाली ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

द्विअर्थी गीत गाउने महिला कलाकारको पिडा-नगाए चल्दैन,गाए गाली ( भिडियो सहित)



प्रस्तुति: – समिर प्रकाश पाण्डे

पछिल्लो समय लोक दोहोरी तथा स्टेज कार्यक्रममा व्यस्त रहने गायिका भूमिका गिरी विगत केही दिन देखी निकै चर्चामा रहेकी छन् । एक स्टेज कार्यक्रममा लाईभ दोहोरी गाउने क्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य राजन ठकुरी सँग विकृत र द्विअर्थी गीत गाएको भन्दै केही अग्रज कलाकार र दर्शक श्रोताहरुले समाजिक सञ्जालमा कसैले गाली त कसैले सुझाव दिने को लार्को नै लागेको छ जुन तरिकाबाट दोहोरीका टुक्काहरु सुरु गरियो त्यसकाे कारण ले गर्दा उनी निकाै अालाेचित भएकी छिन ।

गायिका भूमिका गिरीले आफ्नो फेसबुक स्टेटस मा यही विषयलाई लिएर “मेरा शब्दहरू त्यति साह्रो भद्दा पनि नभएको भन्दै” यसरी पोस्ट गरेकी छिन । हेरौ उनले पोस्ट गरेको स्टाटस र उनको लाईभ दोहोरी भिडियो सहित:-

गायिका भूमिका गिरी

नमस्कार !!
~ म भूमिका गिरी लोक तथा दोहोरी गायिका हुँ । गायन मेरो पेसा हो । केही समय देखी म लोक सङ्गीतलाई भविष्य मानेर अनवरत रूपमा यो क्षेत्रमा लागिरहेकी छु !! म्युजिक कम्पनीका साहुले भन्ने गरेको एउटी मुर्गा हुँ म । जो निरन्तर लगानी गरेर एल्बम निकालेकी छु ।पछिल्लो समय हाम्रो बाँच्ने आधार स्टेज कार्यक्रम र मेला महोत्सव नै हुन गएका छन् त्यस कुरामा दुईमत छैन तर सङ्घर्षको समयको टेकीने आधार भनेको दोहोरी रेष्टुरेण्ट हो अधिकांश लोक कलाकार हरुको । केही दिन देखी मेरो एउटा प्रत्यक्ष दोहोरी लाई लिएर म माथि निरन्तर आक्रमण हरू र गाली गलौज हरू भइरहेका छन् । केही वास्तविकता नबुझेका दर्शक श्रोताको गालीको कारण भन्दापनि म वास्तविकता बुझेका कम्पनी मालिक हरू र अग्रज हरुको गालीको कारण अत्यन्तै मर्माहत छु । त्यसरी गाली गर्नुहुने मित्र हरुलाई र गाली गर्न उक्साउनु हुने केही स्वघोषीत अग्रज हरुलाई मेरा चार प्रश्न ~~

१~ द्विअर्थी दोहोरी गाउनु मेरो बाध्यता हो । प्रतिष्ठानका सम्मानित केन्द्रीय सदस्य राजन ठकुरी दाइले निकालेको दोहोरी टुक्काको उस्तै किसिमको जवाफ मैले फर्काएकी हुँ । दोहोरी भनेको तत्काल रचेर फर्काउनुपर्ने भएको ले जुन विषय वस्तु उठ्छ त्यसैको कहानीमा बग्छ दोहोरी । भाले पोथीको दोहोरी को विषय उठेपछी त्यही सवाल अनुसारको जवाफ नदिए दोहोरी चोटीलो हुँदैन मनोरन्जनात्मक हुँदैन । जस्तो सवाल आयो त्यही अनुसारको जवाफ मैले फर्काएँ तर कतिपय अग्रजले रेकर्ड गर्नुभएका गीत हरू हाम्रो त्यो दोहोरी भन्दा धेरै भद्दा छन् । तर नांगेझार भएर लखेटीनु पर्ने म मात्र?

२~ प्रत्यक्ष दोहोरी गायन बाट उदाउनुहुने कतिजना कलाकार हरू हुनुहुन्छ जसले द्विअर्थी गीत गाउनुभएको छैन ?मेरो प्रश्न यत्ति हो । आदरणीय अग्रज हरुले “कस्तो गर्न मनलाछ” या “यत्रैसीती” भन्ने शब्द हरुको प्रयोग गर्नुभएको छ त्यो द्विअर्थी हो की होइन ?हो भने स्टेजमा भएको दोहोरो सवाल जवाफमा हामीलाई (राजन दाइ र म) यतीधेरै गाली किन ?
३~ तर मेरो मतलब फोहोरी गाउनुपर्छ भन्ने होइन , राजन दाइ र मैले गाएको लाइभ दोहोरी लाई लिएर अग्रज र कथीत कम्पनी साहु हरुले त्यो पोस्ट सेयर गरेर अग्रज हरुलाई ट्याग गरिरहदा यो कुरा बुझ्नु पर्छ की पर्दैन की दोहोरीको सस्थाका अग्रज हरू र सस्थापक संरक्षक हरुले हामीलाई जस्तो सिकाए जे सिकाए त्यही नै त हामीले सिकेका हौँ । सिकाउने हरू चोखै, दोष जति सिक्ने हरुलाई ? त्यता तिर ध्यान दिनु पर्दैन ?

४~ स्टुडीयोमा विकृत गीतको रेकर्डीड• मा रोक लगाएर समाचार छपाउने तर आफै भित्रको विकृति नदेख्ने हाम्रा आँखाहरुले सुद्दीकरण घर भित्र बाट थाल्नु पर्दैन ?हस्तक्षेप गरेर विकृत गीत हरू रेकर्ड हुन बाट रोक्ने हाम्रो आन्दोलन जारी छ । तर त्यस्तै विकृत र द्विअर्थी गीत नगाए कति कलाकार को रोजगारी बन्द हुन्छ र कति कामदार भोकै हुन्छन् ? संस्कृतिको दुहाई दिने हरुले त्यता तिर सोच्न पर्दैन ?

माफ गर्नुहोला दोहोरी गीत द्विअर्थी गाउनै पर्छ भन्ने मेरो कुरा होइन । दोहोरी का फरक फरक धार हरू हुन्छन् । अग्रज हरुले पनि प्रत्यक्ष दोहोरीमा यौन विम्व झल्कीनु दोहोरीको परम्परा हो भन्नुहुन्छ धेरै आलेख हरुमा । मेरा शब्द हरू त्यतीसाह्रो भद्दा पनि थिएनन जति भद्दा गाली मलाई दिईयो –
धन्यवाद ।।

यस्तो छ मेरो अर्थात समिर  प्रकासको पाण्डेको बिचार 

प्रत्यक्ष दोहोरी कहाँ कुन ठाउँमा कसरी गाईन्छ संसारलाई थाहा छ । नेपाल भरीका सबै दोहोरी कलाकार हरुलाई गास बास र कपासको मेसो मिलाईदिने दोहोरी रेष्टुरेण्ट का सबै स्टेज हरू प्रतिष्ठानमा आबद्द छन् । संस्थामै आवद्द कलाकार हरुले द्विअर्थी गीत नगाए सम्म रेष्टुरेण्ट का स्टेज हरू सुनसान हुनेछन । द्विअर्थी गीत नगाएसम्म होटेल चलाउन गाह्रो छ त्यो दुनियाँ सामु छर्लङ्ग भएको विषय हो । कलाकार पाल्नको लागी होटेल चल्नुपर्यो होटेल चल्न जाँड रक्सी विक्नुपर्यो । जाँणले मातेपछी ९० प्रतिशत ग्राहक द्विअर्थी गीत गाउन थाल्छन त्यसको जवाफ पनि दिनै पर्‍यो । दोहोरी रेष्टुरेण्ट कलाकार उत्पादन गर्ने फ्याक्ट्री हुन । त्यही फ्याक्ट्रीमै छ विकृति । उत्पादन स्थलनै दुषीत छ भने दोष कसको हो? अव विकृति रोक्ने नाउमा स्टेज कार्यक्रम मा गाएको दोहोरीको लागी कलाकार लाई नांगेझार पार्ने सल्लाह दिने हरुले त्यता पनि ध्यान दिने की?
आफूले चलाएको रेष्टुरेण्ट भित्र गाईने द्विअर्थी टुक्का पवित्र!अरूले रेकर्ड गर्न लागेको द्विअर्थी गीत विकृत? यता पनि सोच्ने की ?