एलन मस्कले ट्वीटर किनेपछि पूर्वप्रेमिकाको अकाउन्ट गायब - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एलन मस्कले ट्वीटर किनेपछि पूर्वप्रेमिकाको अकाउन्ट गायब



काठमाडौं- टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कले ट्वीटर खरिद गरेपछि विश्वभर तरङ्ग फैलिएको छ । विश्वका लागि यो निकै चर्चाकाे विषय समेत बनेको छ ।

उनले ट्वीटरलाई अघि बढाउन अपनाएका रणनीतिले चर्चा कमाइरहेको छ । याेसँगै ट्वीटर छोड्नेहरूको सङ्ख्या पनि बढ्दाे छ ।

मस्कको स्वामित्वमा ट्वीटर आएपछि हलिउडका केही चर्चित कलाकारले याे प्लेटफर्मबाट सधैंका लागि बिदा लिएका छन् ।

त्यस्तै अहिले एलन मस्ककी पूर्वप्रेमिका एम्बर हर्डले ट्वीटर अकाउन्ट डिलिट गरेको कुराले चर्चा पाएको छ ।

उनको नाममा रहेको आधिकारिक ट्वीटर अकाउन्ट सर्च गर्दा, ‘यो अकाउन्ट अस्तित्वमा छैन,’ भन्ने सन्देश देखिन्छ ।

यसको अर्थ उक्त युजरनेममा भएको ट्वीटर ह्याण्डल छैन वा डिलिट गरिएको छ भन्ने बुझिन्छ । हर्ड अहिले ५३ लाख फलोअर भएको इन्स्टाग्राम प्राेफाइलमा एक्टिभ थिइन्।

मस्कसँगको सम्बन्धका कारण एक्टिभ हर्डले ट्वीटर अकाउन्ट डिलिट गरेको धेरैले आशंका गरेका छन् । हर्डले सन् २०१७ मा जोनी डिपसँग सम्बन्धविच्छेद गरेकी थिइन् । त्यो भन्दा एक वर्षअघिबाट मस्क र हर्डबीच प्रेम सम्बन्ध रहेको हल्ला चलेकाे थियाे ।

मस्कले ट्वीटरमा अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिने खबरले थुप्रै सेलिब्रेटी ट्वीटरबाट गायब भइरहेका छन् ।