आज एमाले स्थायी कमिटीको महत्वपूर्ण बैठक: यस्ता छन् बैठकका पाँच एजेण्डा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आज एमाले स्थायी कमिटीको महत्वपूर्ण बैठक: यस्ता छन् बैठकका पाँच एजेण्डा



काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक नेकपा एमालेको स्थायी कमिटी बैठक डाकेका छन् । आज बोलाइएको बैठकलाई महत्वपूर्ण मानिएको छ ।

ओलीले आज शुक्रबार बिहान ११ बजे ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बोलाइएका छन् । उक्त बैठक लगत्तै ओलीले शुक्रबार नै एमाले संसदीय दलको बैठक पनि बोलाएका छन् । दुई बैठक एकैदिन बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बोलाइएको हो । आजको बैठकमा एमालेले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

बैठकका लागि पाँच एजेण्डामा छलफल हुने एमालेका एक नेताले बताए । आजको बैठकमा मूलत पहिलो एजेण्डाको रूपमा एमालेकै माधव नेपाल समुहलाई देउवा सरकारमा जानबाट रोक्ने बिषयमा छलफल हुने बताइएको छ । त्यस्तै दोस्रो एजेण्डा पार्टीले गरेको १० बुँदे सहमति र एमाले एकताका बारेमा हुनेछ ।

त्यस्तै तेस्रो एजेण्डा भने संसदमा कसरी प्रस्तुत हुने भन्नेमा रणनीति तयार गरिनेछ । चौथो एजेण्डाको रूपमा सर्वोच्च अदालतको फैसलाका बिषयमा छलफल गरिने र सशक्त आन्दोलन गर्नेबारे निर्णय हुने ति नेताले बताए । त्यस्तै पांचौं एजेण्डामा भने एमालेको केन्द्रीय कमिटी बैठक डाकेर निर्वाचनको तयारीएमा लग्नेबारे छलफल हुने ति नेताले बताए ।