एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो



नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले स्थापितकै कारण देशभरको मतमा समेत प्रभाव परेको बताउने गरेका छन् ।

देशभर खुम्चिएको एमालेका नेताहरूले मीटूको आरोप लागेका स्थापितलाई रोक्न भन्दा पनि उनकै पक्षमा बोल्न थालेपछि मतदाता बिच्किएको निष्कर्ष निकालेका छन् । स्थापितलगायतका केहि उम्मेदवारको कारण एमालेप्रति नै मतदाता बिच्किएको निष्कर्षमा एमाले पुगेको छ ।

यस्तै राम्रो मतान्तरले जित्दै गरेकी काठमाडौंकी उपमेयरकी उम्मेदवार सुनिता डङ्गोललाई नै काठमाडौं महानगरको मेयर पदमा उठाउन सकेको भए पार्टीलाई फाइदा हुने निष्कर्ष निकालेको छ । एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायत एमालेका नेताहरुले सुनितालाई पार्टी प्रवेश नगराई मेयरमा स्वतन्त्र भएरै उठ्न दिएको भए पनि बालेनको भोट काटिएर केशव जित्न सक्ने निश्कर्ष निकालेका छन् ।

काठमाडौंको केहीबेर अगाडिको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीहरुभन्दा १९ हजार मतले अगाडि देखिएका छन् । उनले ४८ हजार ३२४ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले २९ हजार ८३५ मत पाएकी छन् ।

वडा नम्बर १३, १४, १५, १६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमालेका केशव स्थापित २९ हजार ६४४ मत प्राप्त गरेर तेस्रो स्थानमा पुगेका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ५३ हजार २६६,नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ५९० र राप्रपाकी उम्मेदवारले १० हजार २६४ मत पाएकी छन् ।