एमालेले भन्यो: सरकार सबै काम छोडेर एमालेविरुद्ध षडयन्त्र बनाउन व्यस्त छ « Himal Post | Online News Revolution
Logo

एमालेले भन्यो: सरकार सबै काम छोडेर एमालेविरुद्ध षडयन्त्र बनाउन व्यस्त छ



काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताएका हुन् ।

‘राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्दैनन्,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।’

उनले राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु जरुरी रहेको बताउँदै विरोधीहरूले फैलाएको भ्रमहरूलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद् गठन गरेको थियो । परिषद्को बैठक बसी शपथग्रहण गर्ने र तत्सम्बन्धी अरू कामहरू गर्नुपर्नेमा विभिन्न कारणवश अहिले बैठक बस्न र शपथग्रहण ग्रहण कार्यक्रम हुन नसक्ने अवस्था नरहेको पनि बोहराले स्पष्ट पारेका छन् ।