एमाले महाधिवेशन: भोलि बन्दसत्र र निर्वाचन प्रक्रिया - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले महाधिवेशन: भोलि बन्दसत्र र निर्वाचन प्रक्रिया



काठमाडौं । चितवनको सौराहामा शुक्रबारबाट शुरु भएको दशौं महाधिवेशन अन्तर्गत शनिवारदेखि बन्दसत्र शुरु हुने भएको छ ।

शुक्रबार उदघाटनसत्र सकिएपछि शनिबार विहानबाटै बन्दसत्र शुरु गर्न लागिएको एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

शनिवार बन्दसत्र शुरु हुनुका साथै शानिवार नै निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । एमाले नेताहरुले महाधिवेशनमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन हुने बताए पनि सहमति जुटेको छैन ।

एमालेका असन्तुष्ट समूहका नेता भीम रावलले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् भने चितवनको सौराहामै रावल समूहका अर्का नेता घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । पदाधिकारीमा आकांक्षी दर्जनौ नेताहरु भए पनि ओलीतिर नै मुख फर्काएर बसेका छन् ।