फेसबुकले तपाईंलाई पैसा दिँदै छ, हेर्नुहोस ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फेसबुकले तपाईंलाई पैसा दिँदै छ, हेर्नुहोस !



हिमालपोष्ट/काठमाडौ, २७ माघ

फेसबुक चलाउँदा भिडियो त अबस्य अपलोड गर्नुभयो होला? त्यो धेरैले हेरे होलान? हो अब तपाइले फेसबुकमा भिडियो राखेर धेरैले हेरे भने कमाई गर्नसमेत गर्न सकिने छ।
फेसबुकले नयाँ फिचर ल्याउन तयारी गरेको छ जसमा प्रयोगकर्ताले भिडियो राखेवापत पैसा पाउछन् ।

यसमा केही शर्तहरु हुनेछन् जसलाई पूरा गरेमा भिडियो अपलोड गर्नेले पैसा कमाउन सक्नेछ । यूट्यूवपछि यस्तो फिचर लन्च गर्ने फेसबुक पहिलो सामाजिक सञ्जाल बन्न लागेको छ ।

नयाँ फिचरमा आउने भीडीयोमा उपलव्ध हुने विज्ञापनका आधारमा अपलोडकर्ताले रकम प्राप्त गर्ने छ । नयाँ व्यवस्था अनुसार अपलोड गरिएको भिडियोमा १० सेकेण्डपछि विज्ञापन आउनेछ । त्यस विज्ञानले दिने रकमको केही हिस्सा भिडियो अपलोड गर्नेले पाउने गरी फेसबुकले तयारी गरेको छ ।

फेसबुकमा राखिने उक्त भिडियो कम्तिमा पनि ९० सेकेण्डको हुनुपर्ने सर्त राख्ने तयारी फेसबुकको भएको समाचारहरु सार्वजनिक भएपनि फेसबुकले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन ।

फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिन सक्छ । यसको मतलब कुनै भिडियोबाट पैसा कमाउन सकिन्छ त कुनैबाट सकिन्न ।

यसभन्दा अगाडि पनि फेसबुकले भिडियोमा धेरै प्रयोग गर्दै आएको छ । २०१५ मा एउटा बेग्लै भिडियो सेक्सन बनाइएको थियो र त्यसबाट पब्लिसरलाई पैसा कमाउने मौका दिइएको थियो ।