२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र मेयर बने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र मेयर बने



बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् उपमेयरमा भने नेकपा एमालेकी विना राना मगर दोहोरिएकी छन् ।

मेयरमा निर्वाचित शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाए ।

हाल मेयरमा निर्वाचित शर्माले २०७४ मा कार्कीसँग नै पराजित भएका थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको यो क्षेत्र एमालेको गढ मानिएको थियो ।

उपमेयरमा नेकपा एमालेका बिना राना मगर निर्वाचित भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाइ २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्।

रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।