फेरि कोरोना संक्रमणको उच्च जोखिममा काठमाडौं - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फेरि कोरोना संक्रमणको उच्च जोखिममा काठमाडौं



काठमाडौं । काठमाडौं उपत्यका फेरि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । शनिबार मात्रै काठमाडौंमा ४१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ३८० जनामा संक्रमण पुष्टि भएको थियो । तर, शनिबार संक्रमण संख्यामा वृद्धि भएको छ । लगातार यसरी नै संक्रमण डर बढ्ने हो भने थप जोखिम बढ्ने विज्ञहरू बताउन थालेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंबाहेक तीन जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएका छन्।

सुनसरीमा १६०, चितवनमा ११२ र कास्कीमा १११ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार देशभर दुई हजार १६९ जनामा संक्रमण देखिएको छ भने एक हजार ४३२ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट २२ जनाको ज्यान गएको छ।