मध्यरातमा गठबन्धनको बैठक सुरू, राति नै प्रदेशसभा पनि 'फाइनल टच' तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मध्यरातमा गठबन्धनको बैठक सुरू, राति नै प्रदेशसभा पनि ‘फाइनल टच’ तयारी



सिट बाडफाट कार्यदल र शिर्ष नेताहरूको बैठक मध्यरातमा बालुवाटारमा सुरु भएको छ । सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको हो ।

बिहानै बस्ने भनिएको बैठक मध्यरातमा सुरू भएको छ । प्रतिनिधि सभामा लगभग समझदारी जुटाएर प्रदेश क्षेत्र बाँडफाँट सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बताइएको छ ।

बिहानै बैठक बस्ने भनिएपनि शीर्ष नता र कार्यदलसका नेताहरू विभिन्न कर्यक्रममा व्यस्त भएकाले बैठक बस्न नसकेको हो । नेताहरू छुट्टाछुट्टै छलफलमा भएकाले मध्यरातमा बैठक बसेको बताइएको छ ।

अहिले बसेको संयुक्त बैठकमा ११ सदस्य नै उपस्थित छन्। शीर्ष नेताहरू भने अहिलेको बैठकमा छैनन्। स्रोतका अनुसार आजै राति “फाइनल टच” गरेर सकाउन यतिबेला बैठक बसेको बताइएको छ ।