अन्तत: गाडीबाटै स्वदेश फर्किइन मनिषा कोइराला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अन्तत: गाडीबाटै स्वदेश फर्किइन मनिषा कोइराला



काठमाडौं- नेपाल भारत सीमा विवादका कारण चर्चामा आएकी अभिनेत्री मनिषा कोइराला नेपाल फर्केकी छन् । सामाजिक संजालमा नेपालको सीमा भारतले अतिक्रमण गरेको बारे टिप्पणी गरेपछि चर्चामा आएकी उनलाई भारतीय मिडिया र समर्थकहरूले विवादमा पारेका थिए ।

मुम्बईमा बस्दै आएकी कोइराला त्यहाँ बस्ने माहोल नभएपछि नेपाल फर्केकी हुन् । मंगलबार दिउसो सुनौली काका हुँदै उनि नेपाल प्रवेश गरेको स्रोतले बतायो । उनि आजै काठमाडौं आउंदै गरेको बताइएको छ ।

कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडान ठप्प भएका कारण उनि गाडीबाट नै नेपाल आउंदैछन् ।

सीमाको विषयमा विवाद भएपछि सरकारले नयाँ नक्सा जारी गरेको बिषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मेन्सन गर्दै मनिषा कोइरालाले सरकारको तारिफ गरेकी थिइन् । यसै बिषयलाई अतिरन्जित गर्दै भारतीय मिडियाले उनलाई विवादमा तानेका थिए ।