हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै



काठमाडौं । लोकप्रिय हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन् । तीनवर्ष अगाडि मीना ढकालसँग सम्बन्ध विच्छेद गरेका गजुरेल विवाह बन्धनमा बाँधिने भएका हुन् ।

ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका बुझिएको छ ।

एक टेलिभिजनमा कुरा गर्दै गजुरेलले आफू विवाह बन्धनमा बाँधिन लागेको बताएको भिडियो अहिले भाइरल भैरहेको छ । उक्त भिडियोलाई लिएर सामाजिक संजालमा पनि चर्चा भैरहेको छ ।

त्यतिमात्र होइन उनले आफ्नो बिबाह हुन लागेको कुरा एक अनलाइनसंगको कुरामा स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो हो ।’