प्रहरी राखेको भन्दै एमाले जसपा र राप्रपाले गरे मतगणना बहिष्कार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरी राखेको भन्दै एमाले जसपा र राप्रपाले गरे मतगणना बहिष्कार



रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनास्थलमा प्रहरी राखिएको भन्दै एमाले जसपा र राप्रपाले गणना बहिष्कार गरेका छन् ।

प्रहरी किन राखिएको एमाले, राप्रपा र जसपाले विरोध गर्दै गणना बहिस्कार गरेका हुन्।

भैरहवाको नमुना उच्च माविमा रहेको मतगणना कार्य उनीहरूले विरोध गरेपछि रोकिएको छ । मतगणना गरिरहेको कोठामा प्रहरीको राखेको भन्दै प्रतिनिधिहरूले स्थगित गर्न आग्रह गरेका थिए ।

मतगणना स्थलभित्रका प्रहरीलाई पटकपटक बाहिर जान प्रतिनिधिले आग्रह गरेका थिए । उनीहरू बाहिर नगएपछि गणना बहिष्कार गरेको बताइएको छ ।

राप्रपा, एमाले, जसपा लगायतले प्रहरीले हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । उनीहरूले उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाणको नाममा यस्तो गरिएको भन्दै विरोध गरेका हुन् ।

यस क्षेत्रमा राप्रपा एमाले र जसपाका साझा उम्मेदवार दीपक बोहरा र सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँडबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।