के धर्म-निरपेक्ष गणतन्त्रको दियो निभ्नै लागेको हो ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के धर्म-निरपेक्ष गणतन्त्रको दियो निभ्नै लागेको हो ?



-डा. मनोज मुक्ति “विवेक”

भनिन्छ, हरेक विषय र वस्तुको सिमा हुन्छ र प्रकृतिको विधानमा सिमा, आयु, प्राकृति, प्रवृत्ति, गुण-दोष निर्धारित छ ! जो जन्मिन्छ / जन्म लिन्छ त्यसको मृत्यु निश्चित छ, आयु निर्धारित हुन्छ । त्यस्तै मानव, चरा-चुरुङ्गी, जनावर, राष्ट्र, ब्यवस्था, तन्त्र हरेक विषय र बस्तुको जन्म सँगै उसको आयु पनि सँगै तोकिएर आउँछ ।

नेपालको राजनीतिक यात्रा वा शासन ब्यवस्थाको क्रम-भङ्गतालाई सूक्ष्म अध्यन र विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि प्रत्येक १० वर्षमा तथाकथित परिवर्तनहरु निरन्तर हुँदै आईरहेको दिखिन्छ । बि.सं. २००७ सालपछिका इतिहासले स्पष्ट संदेश दिएको छ, जतिजति बेला समय, सन्दर्भ, परिस्थिति, विषय र त्यसले माँगगरेको जन-भावनाको सहि ब्यवस्थापन अर्थात “NANO-MANAGEMENT OF THEME” भएन वा तत्कालीन राज्य-सत्ताद्वारा गर्न आनाकानी वा बेवास्ता गरियो तब तब “ब्यवस्था पशुपति आर्यघाटमा विसर्जन” भयो ।

त्यस्तै अवस्था आज फेरि नेपालमा देखिदैछ, राजनीतिक हुडदङ्ग गर्न, आ-आफनो निहित स्वार्थपुर्ती र सस्तो लोकप्रियता कमाउन, भ्रष्टाचार र ब्यवस्थाको बेतिथी लुकाउन आम जनता एवं अन्तर्राष्ट्रिय निकायको ध्यान भटकाउने उद्देश्यले आ-आफनो खुद्रा पसल (राजनीतिक दल) का कामदार, भरिया, नोकर, गुलाम, आसेपासे, नातागोता, मुन्द्रे-मुछुन्द्रे-कुण्डले हरुलाई सडकमा तमासा गर्न छुट दिने लम्पसारवादी पाखण्डी छेपरे देशबेचुवा कमिसनखोर तथाकथित “धर्म-निरपेक्ष गणतन्त्रवादी” हरु लाई “पूर्वराजा ज्ञानेन्द्र” सित यतिका भ्य किन ? “पूर्वराजा ज्ञानेन्द्र” का सकारात्मक सुझाव, प्रतिक्रिया, सहयोग ले पनि जडैदेखी हल्लिने यो कस्तो गणतन्त्र हो ? “पूर्वराजा ज्ञानेन्द्र” को बढदो लोकप्रियता र देश एवं जनता प्रतीको माया, प्रेम, स्नेह, लगाब ले सातोपुग्लो उडने यी तथाकथित “गणतन्त्रवादी” हरुको जग कतिको फुस्रो रहेछ भन्ने स्पष्ट दिखिदैछ, औकाद र हैसियत छर्लङ्ग भयो । वास्तवमा नाङ्गै रहेछन त यी “धर्म-निरपेक्ष गणतन्त्रवादीहरु” ।

हे निर्लज्ज रिमोट कन्ट्रोलले संचालित कृत्रिम मानवहरु, हे कोरोना भाइरसका समगोत्री धर्म-निरपेक्ष गणतन्त्रवादीहरु, हे नेपाल आमाका कपुतहरु तिमीहरूलाई सोध्न चाहन्छु कि, यदी तिमीहरू देशमा पूर्णरूपले लकडाउन नै गर्न चाहेकाे हो भने, तथाकथित संघीय संसद किन चालू छ ? देशभर लकडाउनकाे समयमा सांसद र तथाकथित जनप्रतिनिधिहरूलाई मनपर्दी गर्न र हुडदङ्ग मचाउन छुट किन ? प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिती सदस्य तथा पुर्व उपप्रधान तथा गृह एवं रक्षामन्त्री भिमरावलकाे बडिगार्ड नै काेराेना संक्रमित भएकाे अवस्थामा सबै नेता तथा सांसदहरूलाई सेल्फ-क्वाराइन्टाइनमा राख्नु पर्ने हाेइन र ?

तर यसकाे विपरीत पूर्वराजा ज्ञानेन्द्र एवं कोमल शाह आफनै निजी निवास काठमाडौँ फिर्ति सवारी हुनकोलागी झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै गृहमन्त्रालयको अक्रमन्यता र नितान्त लज्जास्पद कु-कार्य तहद खारेज किन नी ? कानून सबैलाई समान हुन्छ, जनतालाई निषेध, पूर्वराजालाई निषेध अनि तिमीहरूलाई मात्र छुट किन नि ? कुन एन-कानुन तहत नी ?

याे नेपाल अधिराज्य तिमिहरूकाे पेवा हाेइन नेपाली जनता र राजसंस्थाकाे धराेहर हाे । त्यसैले हिजाेसम्म र आजपनी गाह्रो परेको बेला राजाकाे पछाडी पुच्छर हल्लाउनेहरू, राजाको जुठो भाँडो माजेर र जुठो चाटेर यहाँसम्म पुगेका तिमीहरू अाज बिदेशी प्रभुहरुकाे अाडमा उफ्रिएर राजाकाे अपमान गर्ने तथा जनतालाई पिडित गर्ने र देशलाई बेच्ने कार्य तत्काल बन्द गर । वास्तवमा नै देशभक्त हाे भने पहिला भारत र चीनले हडपेकाे हाम्रो भूमि फिर्ता ल्याएर देखाउ हाेइन भने लकडाउन सँगसँगै धर्म-निरपेक्ष गणातन्त्रकाे पनि अन्त निश्चित छ ।

पार्टीको झोले र गाडीमा कम्युनिष्टको झण्डा हालेर आउने/जाने र सडक एवं समाजमा हुडदङ्ग गर्नेलाई मात्र पास दिईने अध्यादेश पनि स्वीकृत गरायौ कि राष्ट्रपतिबाट ?
चेतना भया, ज्ञानेन्द्र शाह ती पृथ्वीनारायण शाहका सन्तान हुन जस्ले आधुनिक नेपाल निर्माण गरे, जसलाई बेचिबेची खाँदै छौ र लूटदै छौ तिमीहरू ! “राणाकालमा राजाहरू अनुमति लिएर मात्र बाहिर निस्किन पाउँथे, त्रिभुवनलाई अत्याचार सहन गाह्रो भयो र ब्यवस्था फेरियो” । औचित्यहिन कामका लागि पास दिईरहेको सरकारले आफ्नो निवास फर्किन राष्ट्र निर्माण गरेकाको सन्तानलाई रोक्यो भन्ने समाचार आएको छ । सम्बन्धित सबैलाई हेक्का होस् , ज्ञानेन्द्र तिनै पृथ्वीनारायण – त्रिभुवन – बिरेन्द्रका बंशज एवं नेपाल नरेश हुन् !

“बिनास काले बिपरित बुद्धि” भनेको यहि हो,
बाउ-बाजेको मुखले सुनेको थिए कि “कमिलालाई प्वाँख भयो भने बुझनु कि उसको आर्यघाट जानेबेला भयो” भनेर, हो रहेछ ! गणतन्त्रको आयु समाप्त भएर निभ्न लागेको दियो जस्तै अवस्था छ । धर्म-निरपेक्ष गणतन्त्र रूपी कोरोना भाइरसको मुल भ्याक्सिन आम मुक्ति कामी जनता नै हुन, तैयारी थालौं, बैण्ड-बाजा-बरात को साथ पशुपति आर्यघाटमा विसर्जन गरौं !

आजै अहिल्यै देखि एजजुट भै शंखनाद गरौँ !!

अब अति भयो, परिवर्तन गर्नैपर्ने भयो भन्ने भावना त्रिभुवनलाई जस्तै पूर्वराजा ज्ञानेन्द्रलाई पनि आओस् ।

धन्यवाद !
डा. मनोज मुक्ति “विवेक”
डा. मनोज कुमार झा
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा

यो लेख लेखकको निजि विचार हो, यसमा सम्पादक तथा हिमालपोस्टको कुनै हात छैन