गायक वसन्त लम्साल र चेतना थापाको स्वरमा पुरानो भाका “आहा रेलुमै ”तिज गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक वसन्त लम्साल र चेतना थापाको स्वरमा पुरानो भाका “आहा रेलुमै ”तिज गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/असार ९ 

करिब १०० वर्ष पुरानो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा गाईने अत्यन्तै चर्चित रेलुमै पुरानो लय भाका हो यो भाकालाई टपक्क टिपेर शब्द/लय सङ्कलन गरी लोक दोहोरी गायक वसन्त लम्सालले “ आहा रेलुमै ” तिज गीत बजारमा ल्याएका छन् ।

हजुर आमा र गाउका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाव अनुसारनै शब्द तयार गरी गीत तयार परेको बताउने लम्सालका अहिले सम्म करिब २ दर्जन भन्दा बढी गीत बजारमा आइ सकेकाछन भने “आहा रेलुमै ” मा वसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ, विष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने हेमन्त खनाल, देबु खनाल,दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ ।गीतलाई अर्घादरवार फिल्म्सले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको हो ।