गायक पुस्कल शर्माको स्वरमा मर्म स्पर्शी लोक दोहोरी गीत “साहुको ऋण ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक पुस्कल शर्माको स्वरमा मर्म स्पर्शी लोक दोहोरी गीत “साहुको ऋण ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

आफ्नो देशमा आफ्नो परिवार सँग बस्ने रहर कसलाई पो हुँदैन होला र देश को राजनीति अस्थिरताका कारण थुप्रै नेपाली बिदेशिन बाध्य छन् । सुनौलो भविष्यको कल्पना गर्दे विभिन्न मुलुकहरूमा आफ्ना पसिना सँग सपना साटिरहेका हुन्छन्। दिन रात नभनि खटिरहेका हुन्छन् सुन्दर भविष्यको लागि, तर परदेशीदा लगेको साहुको ऋण तिर्न नसक्दा घर फर्कन नपाएको र परदेशमा खेप्न परेको पिडा समेटिएको लोक दोहोरी गीत “साहुको ऋण ” केही समय अगाडि भिडियो सहित सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा परदेशमा रहेर पनि नेपाली लोक सङ्गीतको क्षेत्रमा निरन्तर लागि परेका सर्जक सुरज परियारको लय शब्द चर्चित गायक तथा मोडल पुस्कल शर्मा र अमृता नेपालीको समधुर स्वर रहेको छ ।

यस्तै सोही गीतको म्युजिक भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन् भने केशव अधिकारीको छायाङ्कनमा अनिल रानाको भिडियो सम्पादन रहेको छ । भिडियोमा मोडेल विशाल साउद र स्वस्तिका सिङको मन छुने अभिनय देख्न सकिन्छ । गीत जयलाल श्रेष्ठ को प्रस्तुतिमा सर्व सम्मान म्युजिक प्रा लिले बजारमा ल्याएको हो ।