गजल - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

गजल



-एलिसा ‘एकलास’

आफैँले देखेकी हुँ उसको चोला फर्किएको छ
आजै रिह्याब सेन्टरबाट भोला फर्किएको छ

या त तिर्खा मेटाउला या त घरै बगाउला
वर्षौंपछि बाटो खोज्दै खोला फर्किएको छ

बिहान स्कुल गा’को छोरो बगरमा सेलायो
बरु आमा खोज्दैखोज्दै झोला फर्किएको छ

म ढुक्क छु भरेदेखी जुठो बार्नुपर्छ सधैँ
महंगीले नुनमा सुनको तोला फर्किएको छ