आईसोलेसनबाट घर फर्किए घोडाघोडीका पहिलो कोरोना संक्रमित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आईसोलेसनबाट घर फर्किए घोडाघोडीका पहिलो कोरोना संक्रमित



कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । घोडाघोडी-११ का ३२ बर्षिय पुरुष नगरपालिकाले निर्माण गरेको आईसोलेसन बाट बिहिवार डिस्चार्ज भएका हुन् ।

संक्रमित युवकलाई स्वाब संकलन गरेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिँदा डिस्चार्ज गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्ने गरी आईसोलेसन बाट डिस्चार्ज गर्ने निर्देशिका अनुसार उनलाई घर पठाईएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।

जेठको ८ गते भारतबाट फर्किएर घोडाघोडी नगरपालिकाले स्थापना गरेको क्‍वारेन्टाइनमा बसेका संक्रमित पुरुषको जेठ २२ गते प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित पुरुषलाई नगर प्रमुख ममता प्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह लगायतले फूल दिएर बिदाइ गरेका थिए ।