घोडाघोडीद्बारा सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री सहयोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडीद्बारा सर्पदंश उपचार केन्द्रमा स्वास्थ्य सामाग्री सहयोग



कैलाली – घोडाघोडी नगरपालिकाले कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकाले नेपाली सेनाको मातहत बडैपुरमा रहेको कालीरक्षा गण सर्पदंश उपचार केन्द्रमा सोमबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले महासेनानी प्रदिप थापालाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

सर्पदंश उपचार केन्द्रमा पिपिई सेट, एन 95 माक्स, सर्जिकल माक्स, डिजिटल थर्मामिटर ,ग्लोब्स गरि करिब ४० हजार बराबरको स्वास्थ सामाग्री सहयोग गरिएको सिंहले जानकारी दिए ।