घोडाघोडी कप : सडन डेथमा गौरीगंगा विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडी कप : सडन डेथमा गौरीगंगा विजयी



विशाल पाण्डेय / सुखड ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप- २०७६’ फुटबल प्रतियोगिता अन्तर्गत गौरीगंगा ११ ले आफ्नो प्रतिद्वन्दी लम्की चुहालाई सडन डेथमा पराजित गरेको छ ।

बुधबार सम्पन्न भएको गौरीगंगा- ११ र लम्की चुहाबिच निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टीमबाट गोल हुन नसक्दा सडन डेथमा गोल गर्दै गौरीगंगा विजयी भएको हो ।

प्रतियोगितामा निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसक्दा खेल पेनाल्टी शुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पाँच / पाँच जना खेलाडीले पेनाल्टी हान्दा तीन / तीन गोल बराबर हुँदा पुनः सडन डेथमा गोल गरि गौरीगंगा -११ विजयी भएको हो । प्रतियोगितामा गौरीगंगा-११ का गोल किप्पर सरोज कठरीया खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।

घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि सुखडमा सुरु भएको प्रतियोगितामा बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिहिबार वनदेवी युवा क्लव अत्तरीया र सहारा युवा क्लव पहलमानपुर बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।