गोकर्ण विष्टको बदनाम गर्न गलत तथ्याङ्क - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोकर्ण विष्टको बदनाम गर्न गलत तथ्याङ्क



काठमाण्डौ- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको बदनाम गर्ने उद्देश्यले गलत तथ्यांक सार्वजनिक गरिएको भेटिएको छ । शुक्रवार एक दैनिकले सबै मन्त्रालयको चालु आर्थिक वर्षको चौमासिक प्रगति विवरण भन्दै प्रकाशन गरेको समाचारमा विष्टले सबैभन्दा न्यून प्रगति गरेको उल्लेख गरिएको थियो । तर हामीलाई प्राप्त विवरणमा भने त्यो तथ्यांक तोडमोड गरी प्रकाशन गरिएको पाइएको छ । नि. मन्त्री विष्टले प्रधानमन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौता बमोजिम पहिलो चौमासिकमा उच्च प्रगति हासिल गरेको विवरणमा उल्लेख छ ।

वास्तविक विवरणमा के छ ?
प्रधानमन्त्री कार्यलयमा सुरक्षित विवरण अनुसार विष्टले नेतृत्व गरेको श्रम मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै ९८.५ प्रतिशत सफलता प्राप्त गरेको देखिन्छ । जसमध्ये ७०.५ प्रतिशत काम सम्पन्न भएका छन भने २८ प्रतिशत काम अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्रीसँग गरेको सम्झौता अनुरुप १.५ प्रतिशत काम भने शुरु हुन सकेका छैनन । विष्टले रोजगार व्यवस्थापन, सीप विकास, सामाजिक सुरक्षा, श्रम सम्बन्ध र वैदेशिक रोजगारसम्बन्धित विभिन्न नितिगत, प्रशासनिक, व्यवस्थापकिय काम गर्ने गरि प्रधानमन्त्रीसँग सम्झौता गरेका थिए । सो अनुरुप चौमासिक प्रगति विवरणका आधारमा श्रम मन्त्रालय अब्बल देखिएको छ । गत आर्थिक वर्षमा समेत विष्टकै नेतृत्मा मन्त्रालयले ८१ प्रतिशत काम सम्पन्न गरेको थियो ।

बजेट खर्च यसकारण कम
बाहिर प्रकाशित रिपोर्टले श्रम मन्त्रालयले न्युन खर्च गरेको बताएको छ । र बजेट खर्च गरेको आधारमा मन्त्रीहरुलाई नम्वर दिर्दै विष्टले न्युन अकं पाएको उल्लेख गरिएको छ । श्रम मन्त्रालयको पुँजीगत खर्च कम नै देखिएको छ । श्रम मन्त्रालय अन्तर्गत कुल बजेटको ८५ प्रतिशत रकम प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा छुट्टयाइएको छ । कार्ययोजना अनुसार पहिलो चौमासिकमा देशैभरका स्थानीय तहसँग कार्यक्रम माग गरिएको छ । आगामी पौष देखि कार्यक्रमका आधारमा बजेट पठाउने तयारी मन्त्रालयले गरेको छ । त्यसपछि मात्रै बजेट खर्च हुने देखिन्छ ।

गलत तथ्यांक किन आयो त ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता मन्त्रीमण्डल पुर्नगठन गरेका थिए । त्यसमा फालिनेमा तत्कालिन श्रम मन्त्री गोकर्ण विष्ट पनि परे । तर सामाजिक सञ्जाल देखि मिडिया सम्ममा विष्टको बहिगर्मन माथी व्यापक प्रश्न उठ्यो । खासगरि अब्बल काम गरिरहेका विष्टलाई मन्त्रीबाट हटाउनु गलत भएको भन्दै चर्को बिरोध भैरहेको छ । ैबीच यसठुलो जनसमर्थन सहित लोकप्रिय बनेका गोकर्ण विष्टलाई गलत देखाउनका लागि भ्रमपुर्ण तथ्यको सहारा लिइएको मन्त्रालएका एक अधिकारीको भनाइ छ । कसले के स्वार्थका लागि गलत तथ्य पत्रकारलाई बाँड्यो यो आफैमा आश्चर्यजनक रहेको ती अधिकारीको भनाई छ ।