उपाधि दौडमा मनाङ र थ्रिस्टार - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

उपाधि दौडमा मनाङ र थ्रिस्टार



बुटवल । सर्वाधिक राशीको गोल्डकप उचाल्न दुई एडिभिजन फुटबल क्लब आमने सामने हुने भएका छन् । १५ लाख राशीको मदन भण्डारी गोल्डकपको उपाधिका लागि मंगलबारको फाइनलमा मनाङ मस्र्याङ्दी र थ्रिस्टार मैदानमा उत्रिँदैछन् ।

सोमबार भएको खेलमा आयोजक मदन भण्डारी स्पोट्र्सं एकेडेमीलाई १–० गोल अन्तरले पाखा लगाउदै थिस्टार क्लव गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङ भने आइतबार सुनौलो संगमलाई ५–० गोल अन्तरले जित निकाल्दै उपाधि नजिक पुगेको थियो । शनिबार हावाहुरीका कारण स्थगित भएको खेल सोमबार भएको हो ।

घरेलु मैदानमा आयोजकलाई पराजित गर्दै थ्रिस्टारले अन्तिम दुईको स्थान पक्का गरेको छ । सोमबार भएको निकै प्रतिष्पर्धात्मक खेलमा थ्रिस्टारका बुद्ध चेम्जोङको गोल नै निर्णायक बन्दा थ्रिस्टार उपाधि नजिक पुगेको हो । खेलको ३५ औं मिनेटमा बिमल घर्तीले हानेको फ्रिकिकलाई चेम्जोङले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमै १–० को गोल अन्तरले पछि परेको आयोजक टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा घरेलु मैदानका दर्शकहरू स्तब्ध बनेका थिए । थ्रिस्टारका खेलाडीदे पनि आधा दर्जन गोलका अवसरबाट चुकेका थिए ।

प्रतियोगितामा थ्रिस्टारका विदेशी खेलाडी पिटर म्यान अफ द म्याच भएका छन् । विजेता थ्रिस्टारले उपाधिका लागि मनाङ मस्र्याङदीसंग फाइनल प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको बिजेताले १५ लाख र उपविजेताले साढे सात लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन् । विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश नम्बर ५ का अध्यक्ष नरबहादुर घर्तीले जानकारी दिए ।

बुटवल रामनगरस्थित मैदानमा जारी प्रतियोगितामा दश टिमको सहभागिता रहेको थियो । मदन भण्डारी गोल्डकपको यो तेस्रो संस्करण हो । दोस्रो संस्करणको उपाधि सुनौलो संगमले उचालेको थियो ।