बालबालिकासंग विपद् जोखिम न्युनिकरण सम्बन्धि गोष्ठी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालबालिकासंग विपद् जोखिम न्युनिकरण सम्बन्धि गोष्ठी



भजनी ,कैलाली । कैलालीको भजनीमा बालबालिका र युवाहरुसंग विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तनको प्रभाव र असर बिषयक १ दिने परामर्श गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठिमा विभिन्न समूह बनाई प्रकोपका विभिन्न स्वरुप, विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तनका बिषयमा छलफल भएको थियो ।

गोष्ठिमा नगरपालिका प्रतिनिधि, शिक्षक, विपद व्यवस्थापनका फोकल पर्सन, टीकापुर नगरपालिका र भजनी नगरपालिकाका युवा क्लब र बाल क्लबका प्रतिनिधि र स्थानीय स्वम्सेवकहरुको सहभागिता रहेको थियो ।
गोष्ठिलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालका संयोजक नित्यानन्द पाण्डले सहजीकरण गरेका थिए ।

वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका व्यवस्थापक चेतराज भट्टराईको अध्यक्षतामा भएको गोष्ठिमा सञ्चालन सि एस एस डि का परियोजना अधिकृत क्रिमलाल चौधरीले गरेका थिए ।

गोष्ठि वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र सामाजिक विकासका लागि सचेत समाज सि एस एस डि धनगढीको साझेदारीमा आयोजना भएको हो ।