गुल्मीको अर्खलेमा २ वटा गाडीमाथी तोडफोड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुल्मीको अर्खलेमा २ वटा गाडीमाथी तोडफोड



अनिल खत्री
गुल्मी मंसिर २६ । बन्दको अबज्ञा गरेको भन्दै गुल्मीको अर्खलेमा २ वटा गाडीमाथी तोडफोड भएको छ । बन्दको क्रममा गाडी चलाएको भन्दै बन्दकर्ताले जिल्लाको अर्खलेमा मोटरसाइकल, जिप माथी तोडफोड गरेका छन् ।

बन्दमा गाडी चलाउन भन्दा भन्दै अटेर गरेर चलाएको भन्दै उनहरुले लु ६ प ९९१८ नम्बरको मोटरसाइकल, बा १० च ६१५२ नम्बरको जिप नियन्त्रणमा लिई तोडफोड गरेका छन् ।

बन्दकर्ताले तम्घासका बिभिन्न ठाउँमा र अर्खलेमा गरि १५ वटा सवारी साधान नियन्त्रणमा लिएका छन् । बन्दकर्ताले ५ वटा बस, ४ वटा बाइक, ६ वटा जिप र १० लिटर घरेलु मदिरा समेत नियन्त्रण लिएको संयुक्त आन्दोदलन समिति गुल्मीले जनाएको छ । जिपमा तम्घास तर्फ ल्याउदै गरेको अबस्थामा घरेलु मदिरा बरामत गरि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताइएको छ ।

गुल्मीको आन्दोलनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए । लगातार गुल्मी १२ दिन देखि बन्दहुदै आएको छ ।