ज्ञानेन्द्र मल्ल पनि आउट: नेपालको खेल ट्रयाक बाहिर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ज्ञानेन्द्र मल्ल पनि आउट: नेपालको खेल ट्रयाक बाहिर



काठमाण्डौ – एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल ३३ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।

उनले तीन चौका र एक छक्का प्रहार गरे । नेपालले यसअघि दुई विकेट गुमाएको थियो ।

कुशल मल्ल पहिलो ओभरको दोस्रो बलमै आउट हुन पुगेका थिए । उनी खाता नै नखोली आउट भएका हुन् । दोस्रो विकेटको रुपमा पारस खड्का आउट भएका थिए ।

कुशल आउट भएपछि क्रिजमा आएका पारस र ज्ञानेन्द्रकाबीचमा २१ रनको साझेदारी भएको थियो । पारस ९ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियाे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा अविनाश बोहोराले २ तथा करण केसीले एक विकेट लिए ।

थाइल्याण्डमा जारी प्रतियोगितामा १५५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ कुशल मल्ल र ज्ञानेन्द्र मल्लले गरेका थिए ।