पूर्वराजाको अभिव्यक्ति अर्थहीन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पूर्वराजाको अभिव्यक्ति अर्थहीन



काठमाडौं :

पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरह“दा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन्।

पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका छन् । कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेर भाइटीका लगाएपछि सञ्चारकर्मीसँग उलने भने, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’