चुनाव जित्ने दाबी गरेका हेमराज थापाको जमानत जफत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनाव जित्ने दाबी गरेका हेमराज थापाको जमानत जफत



काठमाडौं क्षेत्र नम्बर ५ बाट जित्ने दाबी गरेका हेमराज थापाको जमानत जफत भएको छ ।

कडा अभिव्यक्तिका कारण चर्चामा आएका स्वतन्त्र उम्मेदवार थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा २४ सय मत पाएका छन् । तर, उनले जमानत जोगाउन भने सकेनन् । यो क्षेत्रमा जमानत सुरक्षित गर्न ४६ सय मत ल्याउनुपर्थ्यो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । यो क्षेत्रमा कुल ७० हजार ९ सय १९ मतदाता रहे पनि ४५ हजार ९ सय ९७ मत मात्रै खसेकाे थियाे ।

काठमाडौं ५ बाट कांग्रेसका प्रदीप पोडेल निर्वाचित भए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेलले १५ हजार २ सय ३७ मत पाए । अघिल्लो चुनावमा यसै क्षेत्रबाट निर्वाचित पोखरेल यसपालि १० हजार १ सय ७५ मत ल्याएर दाेस्राे बने ।