हिन्दुहरु हार्न जन्मेकै होइनन ! « Himal Post | Online News Revolution
Logo

हिन्दुहरु हार्न जन्मेकै होइनन !



म तपाईं जस्ता देशभक्त राजालाई हार्दिक स्वागत गर्न उचित ठान्छु, माओले भने म लोननोल जस्ता जनताको छोरा भन्ने तर साम्राज्यवादीहरूको भरौटे बन्ने दलका नेतालाई सम्मान गर्दिनँ ।

१९७० को मार्च १८ मा हिन्दचीनको गौरवशाली तर सानो राष्ट्र कम्बोडियाका राजा नरोत्तम सिंहनायकलाई अमेरिकीहरूले अपदस्त गर्न लगाएका थिए । राजा सिंहनायकका प्रधानमन्त्री नोलनोल नै शत्रुहरूसँग मिल्न गएका थिए । जुम्लाका पालवंशी ठकुरी राजा पल्लव जय बर्मा द्वितीयले इ.सं. ८०२ मा आंकोरवाट भनिने ६५ मिटर अग्लो विशाल विष्णु मन्दिर बनाएका थिए र त्यसलाई उनका सन्तती यशोवर्मा पहिलाले पुनः उद्धार गरेको इतिहास छ । विश्वका अद्वितीय हिन्दू मन्दिरकै नमूना बनाउने पाल वंशीय ठकुरी राजाकै सन्तती हुन् नरोत्तम सिंहनायक । उनलाई माओले चीनका वादशाहको द्यान (हाल थ्यानयनमेन भनिने) अर्थात् राजदरबारमा नै स्वागत गरेका थिए ।

भियतनामबाट हार्न लागेको अमेरिका कम्बोडियातिर छिरेको त्यस परिस्थितिमा यथार्थमा कु हुने दिन नरोत्तम सिंहनायक मास्कोमा थिए तर रुसी शासकहरूले उनलाई साथ होइन शरणमात्र दिन खोजेपछि उनी पेकिङ जाने निर्णयमा पुगेका थिए जहाँ उनले वास्तविक साम्राज्यवादविरोधी मित्रको साथ पाए । साम्राज्यवादीहरूले जतिबेला पनि साना देशहरूको स्वाधीनता ध्वंश गर्दै आएको विश्व इतिहास छ । रुसमा स्टालिन र चीनमा माओ हुन्जेल सबै प्रकारका साम्राज्यशाही अतिक्रमण बिरुद्ध लड्न साना देशहरूले नैतिक र भौतिक रुपमा पूर्ण सहयोग पाइरहे । त्यसैले साम्यवाद विश्वमा अति लोकप्रिय भयो । यसक्रममा एसियाका कैयौं विद्वानहरूले साम्यवादबारे नयाँ बहस सुरु गरे र यस सिलसिलामा नेपालमा योगी नरहरिनाथ जस्ता आध्यात्मिक चिन्तकले पनि साम्यवादको प्रशंसा गर्दै समग्र वैदिक काल साम्यवादी विचारबाट रक्षित थियो भनी व्याख्या गर्न पुगे ।

न राज्य न च राजसीन्न दण्डो
न च दाण्डिक
धर्मेनैव प्रजाः सर्वा
रक्ष्यन्तेस्म परस्परम्

अर्थात् वैदिक कालमा न राज्य थिए न राजा नै थिए न दण्डाधिकारीहरू थिए, सम्पूर्ण समाज धर्मद्वारा रक्षित थियो (वैदिक साम्यवाद २०४९ पाना १३) । धर्म भनेपछि आजभोलि साम्यवादी दलका नेता कार्यकर्ताहरूले अफिम हो भनी पन्छिरहेका हुन्छन् र विदेशी विधर्मीहरूको हरियो मुद्राका पछाडि लम्पसार परी राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्दै जनताको आस्थामाथि खेलवाड गर्ने साम्राज्यवादी खेलमा पाइता हान्ने काम गरिरहेछन् । जब कि साम्यवादका जनक, कार्लमाक्र्स, फेड्रिक ऐंगेल्स तथा उनका चेलाहरूले कहिल्यै धर्मको विरोध गरेका छैनन् । माक्र्सका पिता हेनरिक माक्र्स विद्वान विधिवेत्ता थिए, उनलाई पेशागत रुपमा सफल हुन आप्mनो यहुदी धर्म त्यागेर क्रिश्चियन हुन बाध्य पारिएको थियो । ग्यालिलियो जस्ता मौलिक विचार दिने वैज्ञानिकको हात काट्ने क्रिश्चियानिटी बिरुद्ध तीव्र घृणा गर्दै आएका व्यक्तिलाई उनका पिताले बाध्य भै धर्म परिवर्तन गर्नु परेकोमा झनै पीडित पा¥यो । यसैबेला भौतिकवादी दार्शनिक सोचका उनका गुरु लुड्विक फायरवाखले ‘क्रिश्चियानिटीको सार’ भन्ने पुस्तक लेखे जसमा उनले मान्छेले गरेको भगवानको परिकल्पना उसको जीवनको सबैभन्दा ठूलो गल्ती हो भनी उल्लेख गर्न पुगे ।

प्रारम्भमा कतिपय देउता मानिएका पुरुषहरूले स्वयम् कुनै आक्रमणकारी काम गरेको पाइदैन । जिसस क्राइष्ट र मोहम्मद पैगम्बर जस्ता व्यक्तिहरू साधारण गोठाला वा व्यापारीकै रुपमा देखिन्छन् र गजब के छ भने यी व्यक्तिहरूले अरुमाथि होइन स्वयम्माथि दण्ड दिन लगाउँथे तर केही कालखण्डपछि क्रुसेड र जेहाद छेड्दै आपूmभन्दा इतर आस्था भएकाहरूमाथि तिनैका चेलाहरूले गम्भीर अत्याचार गर्न थाले । रिलिजनका नाममा यस्ता खराब कर्महरूको विरोध गर्दै त्यस्तालाई मात्र कार्ल माक्र्सले अफिम भन्नुभएको थियो । पूर्वमा रिलिजन छैन र समाज कल्याणको विशिष्ट दैवी विधान नै धर्म संस्कृति र सभ्यता मानिन्छ ।
चाल्र्स डार्विनले पत्ता लगाएको मानव उत्पत्तिको सिद्धान्त पूर्वमा पहिल्यै थियो । भगवान अवलोकितेश्वर र देवी ताराबाट जन्मेका ढेडुहरूबाट मानव उत्पत्तिको वैदिक साहित्यमै व्याख्या गरिएको पाइन्छ । पूर्वबाटै धर्म ज्ञान मोक्ष आदिको कर्म विधान लैजाने काम भएको छ । पश्चिमबाट जहिले पनि आक्रमण हत्या हिंसाका साथ उपनिवेश विस्तारको काम भएको इतिहास छ । ग्रीक, रोमन, तार्तार आदि साम्राज्यहरूको इतिहास अध्ययनकै गर्भमा छ तर एसियन अफ्रिकनहरूलाई कमारा बनाउने र मानवोचित अधिकार खोजे टाउका गिँडेर सडकमा सुलीमा टाँग्ने क्रुर राक्षसी दण्ड स्पार्टाकसहरूको बिद्रोहको इतिहास पढे सबै बुझिन्छ ।
आधुनिक कालमा ग्रिसबाट एलेक्ज्यान्डरले सर्वप्रथम एसियामा आक्रमण गरे, त्यही सिको गरेर साउदीहरूले आप्mनो लुटको साम्राज्य विस्तार गरे । उनीहरूले राज्यमात्र कब्जा नगरी जनताको धार्मिक आस्थामाथि समेत डकैती गर्ने काम गरे । १२औं शताब्दीयता साउदी लगायतका मुस्लिमहरूले वेद दर्शन उपनिषद स्मृति र रामायणहरूमा क्षेपक हाल्दै भ्रष्ट पार्ने काम गरे । हिन्दूस्तानमा कृष्णप्रसाद जस्ता हिन्दू वकिललाई किने, त्यसपछि सन् १४०६ देखि अलाउद्धिन खिल्जीको भारतीय दण्डविधान अन्तर्गत हिन्दू धर्मविधानलाई सामाजिक वर्णहरू बीच छुत अछुत बनाउने कठोर कानुन ल्याए । त्यसैबेलादेखि स्त्री शुद्रले वेद पढ्न नपाउने, शुद्रले पढे त शिसा तताएर कानमा हाल्ने क्रुर व्यवस्था गरी हिन्दू समाजलाई टुक्राटुक्रा पारियो । त्यसपछि अझ पश्चिमबाट पोर्चुगिज, स्प्यानिस, डच, फ्रेन्च र अंग्रेज आदि लुटेराहरू आए र तिनीहरूले ल्याएका बाइबल र बन्दुकहरू आपूm गए पनि दुबै कुरालाई स्थानीय कविलाहरूलाई सुम्पेर गए । त्यतिले मात्र चित्त नबुझी अनुहारको आधारमा आर्य र मंगोल जस्ता नक्कली जात खडा गरी समग्र एसियनहरूलाई खण्डित पार्ने झुठो इतिहास लाद्ने षड्यन्त्र अघि बढाए । १८३५ को फरवरी २ तारेखमा बेलायतको संसदमा लर्ड मैकालेले दक्षिण एसियामा न भिखारी छन्, न चोर छन् ।

आम जनता धर्म संस्कृतिमा आस्था राख्ने पूर्ण मेहनती भइरहेसम्म हामीले उनीहरूमाथि शासन गर्न सक्दैनौं । त्यसैले म्याक्स मूलरहरूसँग मिलेर मैकालेले यस्तो इतिहास र शिक्षा पद्धति अगाडि ल्याए जसले दक्षिण एसियाका युवाहरूलाई पश्चिमाहरूको दास बनाउने गरेको छ । मूलरहरूले अघि सारेको आर्य र मंगोलको नक्कली इतिहासलाई ओेरियन्टल लर्निङ इन्स्टिच्युट थाने (मुम्बई)ले जति भण्डाफोर गरे पनि, त्यहाँका डा. बी.डी. महाजनजस्ता विशिष्ट इतिहासकारहरूले सत्यतथ्य जति उद्घाटन गरे पनि उपनिवेशवादीहरूका भरौटेहरूले भरिएको विश्वविद्यालय अनि शैक्षिक क्षेत्रलाई तह लगाउन अति कठिन देखिन्छ ।
हाल कलर्स भन्ने टेलिभिजनमा सम्राट अशोक भन्ने टेलिश्रृंखला प्रदर्शन भइरहेछ, जसमा मगध राज्यको स्वाधीनताको नेतृत्व नेपाली राजकुमारी धर्मा, उनको छोरा अशोक र तक्षशीला विश्वविद्यालयका प्राचार्य विष्णु गुप्त (चाणक्य)ले लिएका छन् र उनका बिरुद्ध यवनको सैन्य कमाण्डर सेल्युकसकी छोरी तथा राजमाता हेलेना अनि खुराशानबाट आएको सैन्य कमाण्डर मीर खुराशन मगधलाई खतम पार्ने साम्राज्यवादी षड्यन्त्रमा तल्लिन छन् । एसियाका स्वाधीन राष्ट्रहरूको सुरक्षा, सार्वभौमसत्ता, सभ्यता, संस्कृति, धर्म, ज्ञान, बीउविजन, खेतीपाती र खनिज पदार्थमाथि पश्चिमा साम्राज्यवादीहरूले पूर्ण कब्जा गर्दै लगेको पाइन्छ । चार सय वर्ष पश्चिमाहरूले हाम्रा छरछिमेकमा राज गर्दै लूट मच्चाए । ठूलो विद्रोह र रक्तपातपछि फिर्ता गए पनि यहाँ हाल शासनमा राजमाता हेलेना र कमाण्डर मिर खुराशन जस्ताले सत्ता कब्जा गरेका छन् । उनीहरूले पश्चिमा साम्राज्यवादीहरूको दलाली र आप्mना जनतामाथि बर्बर दमन एवम् लूुट मच्चाइरहेका छन् । हिन्दूस्तानको छाती चिरेर दुईतिर पाकिस्तान र वंगलादेश नामका इस्लामिक राज्य बनाएर ८० करोड हिन्दूहरूका लागि छुट्याइएको हिन्दूस्तानलाई हिन्दूराज्य नदिएर लामो समय थन्क्याए ।

हो, अंग्रेज र उनीहरूका भरौटेहरूले जति चाहे पनि हिन्दूस्तानलाई धर्म निरपेक्ष राज्य बनाउन तत्काल सकेनन् । ८० करोड हिन्दूहरूको देशमा कहिल्यै सच्चा हिन्दू नेतालाई शासन गर्न दिइएन । राष्ट्र स्वाधीन गर्न सशस्त्र विद्रोह गरी अंग्रेज सैनिकशाहीलाई ध्वंश पार्ने काम मात्र नगरी नेताजी सुवाशचन्द्र वोसले स्वामी अरविन्दो मार्फत अंग्रेजहरूको पक्षमा रहेको गोर्खाली सेनाभित्र सशस्त्र बिद्रोह गराए । गजे घले भी.सी. हरू अंग्रेजको पक्षमा गए, कुँवर इन्द्रजीत शाहीहरू आजाद हिन्द फौजको बिद्रोहको झण्डा बोक्न आए । आपूm हिन्दूस्तान छोड्न बाध्य भए पनि अंग्रेजहरूले षड्यन्त्र गरेर नेताजीलाई बेपत्ता पारे ।

हिन्दूस्तानमा २५ वर्षसम्म हिन्दू राष्ट्र बनाउने भन्दाभन्दै त्यहाँ हिन्दूहरूको आँखामा लगातार छारो हालियो । बेलायतीहरूसँग मिलेर समग्र एसियाकै इतिहास ध्वंश पार्ने जवाहरलाल नेहरूलाई महानायक बनाए । उनीपछि बेलायतमा पढ्दा पढ्दै फिरोज खान भन्ने एक मुस्लिम पत्रकारले पहिलो लभ जेहादको क्रममा काश्मिरी पण्डित नेहरूकी छोरी इन्दिरा नेहरूलाई फँसाए र लण्डनको मस्जिदमा उनलाई बिहा गरे । त्यतिबेला इन्दिराको नाम मैमुना बेगम राखियो । मैमुना अक्स्फोर्डमा अनुत्तीर्ण भएपछि उनलाई कलकताको शान्ति निकेतनमा भर्ना गरियो जहाँ जर्मन शिक्षक प्mय्रांक ओभरडोर्पmसँग नांगै फेला परिन् । त्यहाँबाट निकालिएपछि आप्mना बाबुका निजी सहायक मोहम्मद युनुस भन्ने व्यक्तिबाट उनले कान्छो छोरा संजय जन्माइन् । पछि यिनैलाई हिन्दूस्तानको सत्ता सुम्पियो र उनले आप्mनो शासन टिकाउन आन्तरिक रुपमा आपतकाल थोपरिन र बाह्य रुपमा आप्mनो देशको सैनिक सुरक्षा रुसलाई सुम्पने काम गरिन् । यिनै मैमुना बेगमले आपूmलाई नचाउने क्रिश्चियन र मुसलमानहरू एवम् उनीहरूका साम्राज्यवादी मालिकहरूसँग लागेर आप्mना बाबु जवाहरलाल नेहरू र भीमराव अम्वेडकरले गर्न नसकेको ८० करोड हिन्दूहरूको आस्थालाई कुल्चेर १९७७ को जुन ३ मा संविधानको ४२ वा संशोधन गरेर हिन्दूस्तानलाई धर्म निरपेक्ष राज्य बनाइन् ।

ग्रीन र पेट्रो डलरमा विकेका सिद्धान्तमा क्रान्तिकारी ठहरिएका तर साम्राज्यवादीहरूका एजेन्ट एक नेताले हालै एक दैनिक पत्रिकामा लेखेजस्तो हिन्दूस्तान वर्षौंदेखिको धर्म निरपेक्ष राष्ट्र होइन र हुन पनि सक्दैन । संविधानका नाममा बहुमत जनताको इच्छा विपरीत मात्र होइन, विधर्मीहरूको लगानीमा पछिल्लो जनगणनामा समेत ८२ प्रतिशत हिन्दू जनता रहेको नेपालमा पनि तीन जना नेताले सुटुक्क धर्म निरपेक्ष बनाउनु गम्भीर राष्ट्रघात हो । ग्रीन अनि पेट्रो डलरमा गरिएको यस निर्णयले संविधानसभाको माग अनि यसको औचित्यमाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । संविधानसभाबाटै गरिएको जनअभिमतमा ९० प्रतिशत जनताले हिन्दू राष्ट्रको माग गरेका थिए र बाँके, सुनसरी, बारा, पर्सालगायत कतिपय जिल्लाका मुस्लिम बहुल क्षेत्रका जनसमुदायले नेपाल हिन्दू राष्ट्र भए मात्र आप्mनो सुरक्षा हुने कुरा सार्वजनिक गर्दै धर्म निरपेक्षताको विरोध गर्दै हिन्दू राष्ट्र होस भनी माग गरेको राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूको समाचारको मसी अझै सुक्न पाएको छैन । नेपाल हिन्दू राष्ट्र घोषणा हुनै पथ्र्यो, २०४८ को संविधान यिनै कांग्रेस, एमाले र माओवादीले मिलेर बनाएका थिए । कांग्रेसका कृष्णप्रसाद भट्टराई, एमालेका मदन भण्डारी र माओवादीका निर्मल लामा अहिले यो संसारमै छैनन्, त्यसैले ती पार्टीहरूमा त्यस्ता देशभक्तिपूर्ण अडान लिने नेताहरूको पनि अभाव खड्किएको छ । ती तीन मात्र होइनन्, तत्काल सबै नेता डेरामा बस्थे, अहिले महलमा बस्नेहरूले नेपाली जनता र राष्ट्रलाई धोका दिएका छन् । हरेक विषयमा ठगी गर्ने भरौटे नेताहरूका पछाडि त्यस्तो बुद्धिजीवी तथा नागरिक समाज अनि अन्य सामाजिक संजाल राजनीति र प्रेसमा देखा पर्ने झुठ र जालझेलको खेती कति छ कति ?

भरौटेहरू ७० वर्षदेखि नेपाली जनताको चाहना पूरा भयो भन्छन् जब कि यो संविधानसभाको माग कहिल्यै नेपाली जनताले गरेको इतिहास छैन । २०१८ को दरभंगा प्लेनममा नेपाल कम्युनिष्ट पार्टीमा एक क्रान्तिकारी नेताले यो माग राखे भनेपछि यो सोझै मस्कोबाट आएको भन्ने अर्थ लगाएर पंक्तिकारले पनि यसैमा धेरै माथापच्ची ग¥यो । ०३६ को जनमत संग्रहको बेला निर्दल बहुदल होइन संविधानसभा भनेर तत्काल पत्रपत्रिकाहरूमा फागुनको अन्तिम सातासम्म निकै विवाद गरियो । पछि २०४७ मा चाक्सीबारीमा पत्रकारको हैसियतबाट मैले प्रम कृष्णप्रसाद भट्टराईलाई संविधानसभाबाट संविधान बनाउने कुरा किन नगरेको भन्दा शक्ति भए गरे हुन्छ भन्नुभयो र त्यो नेकाले बिर्सिसकेको मुद्दा हो भनेर दलका प्रवक्ता माथवरसिंह बस्नेतले असिनपसिन भै खण्डन गरेका थिए । साम्यवादी दलका नेताहरू एकथरी जनतान्त्रिक र अर्कोथरी जनवादका नाममा देशभक्त जनतान्त्रिक सरकारको नारा लगाउँथे पछि उनीहरूले नै त्यस्तो सरकार र सविधानसभाको नारा पुँजीवादी हो भनी त्याग्दै गए । तैपनि प्रेस जगतमा यसलाई कुनै न कुनै रुपमा नेपाली जनताद्वारा जनताको हितमा छ भनी मैले उठाइरहेँ । यस क्रममा विख्यात इतिहासकार योगी नरहरिनाथले भन्नुभयो– हाम्रो संविधान त विश्वको जेठो विधान मनुस्मृति छँदैछ, तिमीहरू यो बेलायती षड्यन्त्रमा किन फँसेका छौ ?

अंग्रेजलाई संविधान नचाहिने बाइबल भए पुग्ने, साउदीहरूलाई कुरान भए पुग्ने, किन हामीलाई संविधान र संविधानसभा ? मैले ठाने दरबार नजिकका योगीले हामीहरूलाई भ्रमित पार्दै हुनुहुन्छ तैपनि यसबारे खोजी गर्दै जाँदा स्व. ग्रीष्मबहादुर देवकोटालगायत धेरै बुद्धिजीवीहरूले यो नेपाली जनताको माग होइन भन्ने कुरा प्रष्टै लेखेका रैछन्, तैपनि आपूmले देखेको जनवादी गणतन्त्रको सपना यसैसँग जोडिएको छ भन्ने भ्रम पाल्दै यसको नशामा लठ्ठिनै रहने काम भैरह्यो । नेपाल सरकार मातहतको साझा प्रकाशनले २०५५ मा प्रकाशित गरेको डा. श्रीरामप्रसाद उपाध्यायद्वारा  लिखित नेपालको समीक्षात्मक इतिहासको पाना ३९६ मा ८ डिसेम्बर १९५० मा नेपाली प्रतिनिधि मण्डललाई दिल्लीको सरकारले दिएको स्मृतिपत्रमा संविधानसभाको निर्वाचन, त्यसले संविधान निर्माण गर्ने र त्यसअघि अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरिएको भनी लेखिएको छ, जसलाई झण्डै १ महिनापछि अर्थात् ६ जनवरी १९५१ मा दिल्लीले अघि सारेका सबै शर्त काठमाडौंले स्वीकार गरेको समेत उल्लेख छ । यसको अर्थ संविधानसभाको माग र नारा कुनै साम्यवादी क्रान्तिकारीहरू वा नेपाली जनताबाट उठेको नभई यो क्रिश्चियनहरूको एजेन्टको रुपमा रहेको दिल्लीको सरकारले प्रस्ताव गरेको नेपाललाई औपनिवेशिक षड्यन्त्रमा धँसाउने राजनीति रहेछ । संविधानसभामा प्रवेश नगर्दै यहाँ अनेकथरी षड्यन्त्र चले ।

वीरेन्द्र राजाको वंश विनाश, मदन जीवराज आश्रितको हत्यालगायत कैयौं अपराधिक घटना घटे । ४७ लाख विदेशीहरूलाई नागरिकता दिने, अन्तिम नदी कर्णाली पनि कुनै न कुनै रुपमा बेच्ने, लिपुलेक जस्ता रणनीतिक महत्वका सीमामाथि नांगो अतिक्रमण गराउन दिने लगायत अनेक प्रपञ्चहरू चले । ०१७ मा राजा महेन्द्रले संसदीय व्यवस्था नेपाललाई अफापसिद्ध हुन्छ भन्ने कुरा अहिले झन बढी सत्य साबित भयो । पंक्तिकारले सन् २००४ मा कमल होटलमा राष्ट्रिय पत्रकार महासंघको लागि पत्रकार स्व. जसुदा प्रधानहरूले आयोजना गरेको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्बन्धी कार्यक्रममा क्रिश्चियनहरूले प्रोजेक्ट जोसुवा २ अन्तर्गत क्रुसेड छेडेको र त्यसलाई साउदीहरूले पनि जेहाद छेडेर सघाउँदै ठूलो उथलपुथल गराउने र उनीहरूले खर्बौं डलर ओेइ¥याएर सन् २००६ सम्म विश्वको एकमात्र हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष बनाउने योजना बारे जानकारी दिएको थिएँ ।

त्यसैले जेठ ४, २०६४ मा नेपाललाई हचुवा तालमा धर्म निरपेक्ष भनी राजाको टीके संसदले निर्णय गर्दा मैले जनमञ्च साप्ताहिकमा दिएको अन्तर्वार्ता लेखको रुपमा तत्काल जेठ १८ गतेको अंकमा जोसुवा २ को पैसामा धर्म निरपेक्षता भनी संसद र पार्टी नेताहरू किन्न गरिएको प्रपञ्चको पूरै कथाको भण्डाफोर गरेको थिएँ । यो संविधानसभा नेपालमा धर्मयुद्ध लादेर यसलाई क्रिश्चियन राष्ट्र बनाउन पश्चिमाहरूको लगभग चार सय वर्षदेखिको षड्यन्त्र आखिर अहिले निकै गहिरो जरा गाड्न पुगेको छ । जयप्रकाश मल्लको पालामा नेपाल छिरेका केपुचिन पादरीहरू तत्काल बनारसका राजा बलवन्दन सिंह, भक्तपुरका राजा रणजीत मल्ल अनि उनका प्रधानमन्त्री परशुराम थापाहरूको योजना, आशीर्वाद र सामथ्र्यमा गोरखाका युवराज पृथ्वीनारायण साहीले हिमालयमा छरिएर रहेका साना राज्यहरूलाई एकीकरण गर्दै हिमवत् खण्डको धेरै भूभाग स्वाधीन नेपालभित्र ल्याएर केपुचिन पादरी र उनका पछाडि आक्रमणकारीकै रुपमा आएका क्याप्टेन किनलोकको फौजलाई समेत सिन्धुलीगढी तल कटाएका थिए ।

पृथ्वीनारायण अघि पनि दिल्लीलाई दुईवर्ष तहसनहस पार्दै हजारौं निर्दोष जनता मार्ने विश्व विजेता तैमुरलंगलाई जुम्ला साम्राज्यका युवराज वत्सराज साहीले सन् १४०२ तिर हरिद्वारनजिक देहरादुनको मोहनदर्रामा गिँडेका थिए । वत्सराजले मुस्लिम अतिक्रमणकारीको अन्त्य गरी चीन, जापान, कोरिया, भियतनाम लगायतका एसियाली राष्ट्रहरूको कल्याण गरेका थिए भने पृथ्वीनारायणले हिमाली भूभागको स्वाधीनताको रक्षा गर्न सफल भएका थिए । अहिले केपुचिन पादरीका तर्फबाट नेपालमाथि धर्मयुद्ध लादेर यस देशलाई धर्म निरपेक्ष बनाउने दलालहरूले मोमबत्ती बालेर खुसी मनाउँदैछन् र हिन्दू तथा समग्र ओमकार परिवारका ९५ प्रतिशत नेपालीहरू अन्धकारमा गुम्सिएका छन् । म भन्छु हिन्दूहरू जब मान्छेले हार्छन् तब देउताको भूमिका अगाडि आएको हुन्छ ।

यदा यदा हि धर्मस्य
ग्लानिर्भवती हिमवान्
अभ्युत्थानमधर्मस्य
तदात्मानम् सृजाम्यह्रम्
परित्राणाय साधुनां
विनाशाय च दुष्कृताम्
धर्मसंस्थापनार्थाय
संभवामि युगे युगे ।

भन्दै जब भगवान अवतरण हुनुहुन्छ, तिनै लोकका भूतप्रेत तथा राक्षसहरूको विनास स्वतः हुन्छ । त्यसैले हिन्दू कहिल्यै हार्दैनन्, ईश्वर कृपाले सदा विजयी भनेकै हिन्दू हुनु हो, मोक्ष मार्ग सहजै भेट्नु हो ।

जय गोरख !
[email protected]