एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध



दाङ- नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार भएको १३ औँ जिल्ला अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला कमिटीको उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरुलाल चौधरीले जानकारी दिए ।

अधिवेशनबाट बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।