भारतको संसदमा भाजपाविरुद्ध प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतको संसदमा भाजपाविरुद्ध प्रदर्शन



एजेन्सी- भारतीय राष्ट्रिय कांग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी लगायत सांसदहरुले सत्तारुढ दल भारतीय जनता पार्टीविरुद्ध प्रदर्शन गरेका छन् ।

महाराष्ट्रमा सरकार गठन गर्ने क्रममा भाजपाले धोका दिएको भन्दै सोनियाको नेतृत्वमा उनीहरुले संसदमै नारावाजी गरेका हुन् । सोमबार संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले नारावाजी गरेपछि बैठक स्थगित भएको हो ।भारतको लोकसभा साथै राष्ट्रियसभामा पनि कांग्रेस सांसदहरुले विरोध प्रदर्शन गरेका छन् ।

संसदमा विरोध गर्ने क्रममा कांग्रेस सांसदहरुले भाजपालाई ‘लोकतन्त्रको हत्या गरेको’ आरोप लगाएका छन् । महाराष्ट्रमा कांग्रेस र शिवसेना मिलेर सरकार गठनको तयारी गरिरहँदा भाजपाले अर्को पक्षसँग मिलेर सरकार बनाउँदा कांग्रेस रुष्ट बनेको हो ।

संसदमा कांग्रेस सांसदको नारावाजी र विरोधपछि मंगलबारसम्मका लागि बैठक स्थगित भएको बताइएको छ । महाराष्ट्रको सरकार गठनको विषय अहिले अदालतसम्मै पुगेको छ ।