जडिबुटीको रस खाँदा एक जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जडिबुटीको रस खाँदा एक जनाको मृत्यु



८ फागुन, बैतडी । ।बैतडीमा जन्डिसको औषधि भनेर जडिबुटीको रस खाँदा एक जनाको ज्यान गएको छ ।

थलाकाँडा–१ बजाडाका २३ वर्षका दिपेन्द्र रोकायाको ज्यान गएको हो । भने अर्का एक जना बेहोस भएका छन् । शनिबार बेलुका जन्डिसको औषधि घरायसी जडीबुटी (आकाशबेली) को रस खाँदा रोकायाको ज्यान गएको बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

आकाशबेली जन्डिसको औषधि हुने भन्ने हल्लाका भरमा दिपेन्द्र रोकाया र लक्ष्मण रोकायाले आकाशबेलीको रस खाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । त्यसपछि दुवै जना बेहोस भएका थिए । बेहोस भएका २२ वर्षका लक्ष्मणको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेकोे छ ।