'अध्यारो पन्छिएर बिहानी झुल्कियो' भन्दै के संकेत गर्दैछन जनार्दन शर्मा ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘अध्यारो पन्छिएर बिहानी झुल्कियो’ भन्दै के संकेत गर्दैछन जनार्दन शर्मा ?



काठमाडौं –नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयां सिराबाट काम थाल्नुपर्ने बताएका छन् । शुक्रवार स्थायी समिटी वैठक वस्न लाग्नु शर्माले नयां सिराबाट काम थाल्नुपर्ने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसंगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयां सिराबाट काम थालौं ।’

पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच मतभेत बढेपछि शर्मासहित विवाद समाधानको लागी बैठक बसेको थियो । उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने धारणा राख्दै आएका छन् ।

यसअघि दुवै नेताबीच भएका एक्ला एक्लै वार्तामा समेत सहमति हुन नसकेपछि आज स्थायी कमिटी वैठक वस्न लागेको हो ।

प्रचण्ड निकट नेता शर्माले ट्वीटरमा लेखेका छन्, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं ।’