यस्ता छन् संघीय सांसद रावलले ल्याएका योजनाहरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस्ता छन् संघीय सांसद रावलले ल्याएका योजनाहरु



विशाल पाण्डेय / लम्की ,कैलाली ।
निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट कैलाली क्षेत्र नंम्बर २ का संघीय सांसद झपट बहादुर रावलले सार्वजनिक गरेका छन् ।

सोमबार कैलालीको लम्कीमा पत्रकार भेटघाट कार्यक्रममा सांसद रावलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमा निर्वाचन क्षेत्रमा खर्च गर्न छुट्याएको ६ करोड रकमको योजनाको नाम र विनियोजित रकम सार्वजनिक गरेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद रावलले लम्कीचुहा नगरपालिका -१० मा जनता सामुदायिक अस्पतालका निर्माणका लागि दुई करोड ५१ लाख ४० हजार रकम विनियोजित गरेको जानकारी दिए । त्यस्तै सांसद रावलले जानकी गाउपालिका -९ मा फारलाइन सडक बिस्तारका लागि ५० लाख ,बर्दगोरिया गाउपालिका -६ मुढा बजार सडक कालोपत्रेका लागि २० लाख ,मोहन्याल गाउपालिका -७ कुइने – ज्यामिरे मोटर बाटो निर्माणका लागि १० लाख रकम विनियोजित गरेको जानकारी दिए । सांसद रावलले खानेपानी ट्याङ्की निर्माण ,लिफ्ट सिचाइ ,जेष्ठ नागरिक मिलन केन्द्र निर्माण लगायतका २४ वटा योजना हरुको नाम र विनियोजित रकमको जानकारी दिएका छन् ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि सडक सहित सामाजिक संजालमा व्यापक विरोध हुदै आएको सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा सांसद रावलले नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न अंग र पुर्खाको सम्पतीको रुपमा रहेकाले ज्यान दिएर भए पनि नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई भारतमा लग्न नदिने कुरामा आफु र आफ्नो सरकार स्पष्ट रहेको बताए । पुर्खाको रगत र पसिनाले सिर्जित भूमिलाई कसैले आफ्नो हो भन्दै नक्सा जारी गरेको भरमा मान्य हुन नसक्ने बताउदै सांसद रावलले सीमानामा भारतीय सेनालाई हटाइएर नेपाली सेनालाई राख्नुपर्ने जोड दिए ।

सांसद रावलले बल्चौर बादी समुदायका लागि गत बर्ष ५ वटा घर निर्माण गरेको र यस बर्ष बादी समुदायको बस्ती विकासको लागि ८० लाख रकम बिनियोजन गरेको जानकारी दिए । उनले भने , गत बर्ष ५ वटा घर निर्माण गरेका थियौं , अहिले ८० लाख बजेट विनियोजित गरेका छौँ । करिब १४२ वटा घरधुरी रहेछ , यो घरधुरीलाई उक्त रकमले नपुग्ने हुँदा विशेष निर्णय गरेर थप रकम विनियोजनको लागि छलफल चलाएका छौँ । उनले थपे , ” यो बर्ष बादी समुदायको लागी बिशेष कार्यक्रम ल्याउने तयारी भएको छ।”

भूमिहिन, अव्यवस्थित रुपमा बस्दै आएका जनतालाई जग्गा धनी लालपूर्जा वितरण गरिने भन्दै भूमि ऐन प्रमाणीकरण भएपछि तत्काल काम सुरु हुने समेत सांसद रावले बताए । रावलले आफ्नो पहलमा निर्वाचन क्षेत्रको विकास गर्नको लागी ७ वटा गौरवका योजनाहरु अगाडि सारेको समेत जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला ओलीले कैलाली क्षेत्र नं १ टिकापुर क्षेत्रमा गत बर्ष १३ वटा शिर्षकमा बजेट बिनियोजन गरेको बताइन् । उनले टिकापुर ,जोशिपुर , जानकी र भजनी नगरपालिकामा समझदारीका साथ बजेट विनियोजन गरि काम पूरा भएको समेत जानकारी दिइन् । ओलिले टिकापुर पार्कको लागि बजेट विनियोजन भएको , प्रदेश स्तरीय खेल मैदान टिकापुरमा बनाउनको लागि खेलकुद मन्त्रीसंग छलफल भएको र लम्की सत्ती टिकापुर सडक खण्डमा सडक कालोपत्रेको लागि डिपिआर प्रदेश सरकारले गरेपनी प्रयाप्त बजेट नहुदा उक्त सडकको लागि केन्द्रमा भौतिक मन्त्रीसंग छ्लफल गरेको जानकारी दिइन् ।

कैलाली जिल्ला समन्वय समितिका सभापती सूर्य बहादुर थापाले जनताको जीवन स्तर माथी उकास्नका लागि पर्यटकिय र आधुनिक कृषितर्फ ध्यान दिएर विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको बताए । कैलालीलाई पर्यटकिय सम्भावनाको क्षेत्रको रुपमा विकास गर्न लागेको बताउदै सभापति थापाले नेपाल भ्रमण बर्ष २०२० ले सार्वजनिक गरेको २५ वटा गन्तव्य मध्य कर्णालीमा र्‍याफि्टङ पहिलो नम्बरमा परेको हुँदा लाखौंको संख्यामा पर्यटकहरु चिसापानी आउने बताए ।

लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले लम्कीचुहामा १६ वटा खानेपानीका योजना मार्फत ८० प्रतिशत नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न लागि परेको बताए । नगरपालिकामा ४५ किलोमिटर बाटोकालो पत्रे हुन लागेको भन्दै डुडेझारीमा १० अर्वको लगानीमा औधोगिक पार्क निमार्ण गर्न लागेको मेयर बजगाईले बताए । औद्योगिक पार्क निमार्ण भएमा लम्कीचुहा नगरपालिका अधिकांश जनता सुलभ रोजगारीमाको पहुँचमा हुने बताए ।

नगर प्रमुख बजगाइले केहिदिन अघि आयोजनाको काममा सरकार प्रमुख लगाएतले मिलोमतो गरेको बिषयमा मिडियामा आएको कुरा गलत रहेको दाबि गरेका छन् । नगर प्रमुख बजगाइले यद्यपी फ्रिज जान थालेको रकमलाई उपयोग गर्नका लागि उपभोक्ता समितीको बन्दी खातामा रकम राखेको भने उनले स्वीकार गरेका छन् । आफुले जानी नजानी ब्यवहारीक पक्षलाई महत्व दिई बिकासको काम गर्न खोज्दा कसैलाई आशंका हुनु स्वभाविक भएको भएपनि रकम दुरुपयोग भने नभएको उनले दाबि गरेका छन् ।