कांग्रेस काभ्रेको सभापतिमा तीर्थ लामा विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेस काभ्रेको सभापतिमा तीर्थ लामा विजयी



काठमाडौं- नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन्।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए। २४ सय ६८ मत खसेको थियो। ५२ मत बदर भएको थियो। काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ।