कैलालीमा कोरोना भाइरसका संक्रमित फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा कोरोना भाइरसका संक्रमित फेला



कैलाली । कैलालीमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले केही बेरअघि फेसबुक लाइभ मार्फत जानकारी दिएको छ । हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको केहिबेर अघि मन्त्रालयद्वारा जानकारी दिइएको छ । यसअघि ३ जना संक्रमित फेला परेका थिए ।