कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाको भिड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाको भिड



कपिलवस्तु : जिल्ला प्रहरी कार्यालयमा कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाहरुको भिड लागेको छ । आगामी मंसिर महिनाका लागी निर्धारित केन्द्रिय र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागी म्यादी प्रहरी पदमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको भिडभाड लागेको छ ।

सरकारले निर्वाचनलाई शान्त,मर्यादितर भयरहित तवरवाट सम्पन्न गर्नकालागी भन्दै देशैभर ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागी मंगलबार देखी असोज ३० सम्म आवेदन खुल्ला गरेको हो । आबेदन खोलिएको पहिलो दिन ४८ जनाले मात्र आबेदन दिएकोमा दोस्रो दिन भने आवेदकको भिडभाड बढेको हो । म्यादी प्रहरीका लागी आवेदन बुझाउने स्थान तोकिएको जिल्ला प्रहरी कार्यालयमा आवेदक दिनेको बिहानै देखी भिडभाड लाग्ने गरेको छ ।

आवेदन दिनेमा पुरुषको तुलनामा महिलाको संख्या उल्लेख्य भेटिएको छ । अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको भुमिका निर्वाह गरेका र कतिपय नयाँले समेत आवेदन दिएका छन । आवेदन दिनेमा कतिपय किशोरी, बैदेशिक रोजगारीबाट फर्किएका र सुरक्षा निकायमा कार्य सम्पादन गरेको अनुभव भएका महिलाहरु समेत छन ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा भर्ना खुलेमा भर्ना हुन सहज हुने भएकाले समेत म्यादी प्रहरीमा आवेदन दिएको उनिहरुले बताएका छन । “बढदो बेरोजगारीले समेत महिला र किशोरीलाई म्यादी प्रहरी बन्न आकर्षण गरेको छ । कतिपय बिधार्थीलाई समेत पढाई खर्चको जोहो गर्नका लागी निश्चित समयको कार्य भएकाले म्यादी बन्न मन लागेर आवेदन दिन आएका छन” जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसार दोस्रो दिनको अबधीमै ७ सयका हाराहारीले आवेदन बुझाउने आकलन गरिएको र आवेदक मध्य २५ प्रतिशत बढि महिलाहरु रहेको बताईएको छ । “आवेदकका पुर्व प्रहरीहरु सगै युवाको सहभागीता उल्लेखनिय छ ।

महिला आवेदकमा समेत उत्साह देखिएको छ ”। म्यादी प्रहरी भर्नाका लागी देशैभरबाट १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ । उनिहरुकालाई ५५ दिन कार्यावधी रहने गरि भर्ना माग गरिएको हो । आवेदनको आधारमा आबेदकहरुबाट कार्तिक ५ देखी ८ गते सम्मको अबधीमा छनौट प्रक्रिया अघि बढाईने जनाईएको छ ।

म्यादी प्रहरीमा छनौट हुनेलाई प्रहरी जवान सरहको आधारभुत तलब, निर्वाचन अबधीमा बिशेष भत्ता, निर्वाचन क्रममा घाईते भए १ लाख ५० हजार सम्म उपचार खर्च तथा निर्वाचनमा मृत्यु भएका अवस्थामा आश्रित परिवारलाई १५ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । आवेदन दिएकाहरु मध्य म्यादी प्रहरी पदको भर्ना तथा छनौट सम्बन्धि पाठ्यक्रम अनुसार स्वास्थ्य परिक्षण, लिखित परिक्षा, अन्र्तवार्ता, अन्तिम नतिजा प्रकाशन, बैकल्पीक उम्मेदवार सिफारिस र नियुक्ति सम्बन्धि व्यवस्था र महिला म्यादी प्रहरी सम्बन्धि व्यवस्था गरिएको छ ।