कर्ण मल्ल बने कांग्रेस बिपीले वरिष्ठ उपसभापति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कर्ण मल्ल बने कांग्रेस बिपीले वरिष्ठ उपसभापति



सभापती देउवासँगको लफडापछि नेपाली कांग्रेसले कारबाही गरेका कर्ण मल्ललाई कांग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ ।

उनी कांग्रेसकै तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित समेत बनेका थिए । स्थानीय निर्वाचन अगाडि पार्टी छोडेका मल्ललाई बुधबार सम्पन्न कांग्रेस बिपी कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले बरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो ।

प्रतिनिधि सभा तर्फ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको क्षेत्रको प्रदेश सभामा मल्ल विजयी भएका थिए ।

कांग्रेस जिल्ला अधिवेशनमा सभापतिले बल प्रयोग गरेको भन्दै उनी रुष्ट बनेका थिए । स्थानीय तहको निर्वाचनमा उनकै पहलमा डडेल्धुरामा एमाले र बिपी कांग्रेसको तालमेल भएको थियो ।

स्थानीय तहको निर्वाचनमा फरक दलसँग तालमेल गरेको भन्दै मल्ललाई पार्टीले कारबाही गरेको थियो । पार्टीबाट कारबाही झेल पनि प्रदेश सभा सदस्यबाट भने मल्लले राजीनामा दिएका थिए ।

बिपी कांग्रेसको नाममा संगठन बिस्तारमा लागेका मल्ल सहितलाई बुधबार बिभिन्न पदहरूमा मनोनीत गरिएको हो । उक्त बैठकले दाङका हेमन्त बहादुर मल्ललाई महामन्त्रीमा मनोनीत गरेको छ ।

डडेल्धुराका करुणाकर भट्ट सहित १६ जनालाई केन्द्रीय सदस्यमा जिम्मेवारी तोकिएको प्रवक्ता शिव प्रसाद सिमखडाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त बैठकले नागरिकता संशोधन सम्बन्धी विधेयक खारेज गर्न र महँगी नियन्त्रण गरेर जिवीको पार्जनमा सहज बनाउन समेत माग गरेको छ ।