लियो कलव अफ बुटवल खस्यौली युथद्वारा सुकेतालको भ्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लियो कलव अफ बुटवल खस्यौली युथद्वारा सुकेतालको भ्रमण



भदौ २६  । लियो कलव अफ बुटवल खस्यौली युथले पाल्पाको सुकेतालको भ्रमण गरेको छ । क्लवले पाल्पामा रहेको ऐतिहासीक क्षेत्र अन्र्तगत पाल्पाको सुकेतालको भ्रमण गरेको हो ।

सामाजीक काममा सत्रिय हुदै आएको क्लवले स्थानीय स्तरमा रहेका पर्यटकीय सम्भावना बोकेको विभिन्न स्थानको प्रचार प्रसार गर्ने उद्धेख्य अनुरुप पाल्पाको सुकेतालको भ्रमण गरिएको क्लवका अध्यक्ष सुदिप वेलावसेले बताए । पाल्पाको दोभान गाविस ९ मा रहेको सुकेतालले पर्यटकीय महत्व बोकेको पार्ईन्छ । तर पर्याप्त बाटो लगायत भौतिक सुविद्याको अभावमा ओझेलमा परेको सुकेतालको प्रचार प्रसार गर्नको लागी क्लवले दुई दिन सुकेतालको अवलोकन भ्रमण तथा युथ क्याम्प गरेको क्लवका सचिव बिकास गौतमले जानकारी दिए । भ्रमणमा क्लवमा आवद्ध १३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

14274480_1082180298518014_1439560556_o-768x597भ्रमणका क्रममा क्लवले सुकेताल क्षेत्रको महत्व, संरक्षणका लागी गरिएका प्रयास लगायतका विषयमा स्थानीय संग अन्तरक्रिया समेत गरेको छ । भ्रमणका क्रममा सुकेतालमा अवस्थित होम स्टे, स्थानीय कला सस्कृती लगायतको अवलोकन गरिएको कार्यक्रम संयोजक विजय पन्थले जानकारी दिए । भ्रमणमा क्लवका पुर्व अध्यक्षहरु सहित लियो जिल्ला परिषद ३२५ वी २ का एरिया संयोजक सरोज कडेल, लियो शिक्षा प्रमुख सितल ज्ञवाली, सिनियर लियो रमेश अर्याल लगायतको पनि सहभागीता रहेको थियो ।