प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेज घोषणा गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रोत्साहन प्याकेज घोषणा गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने जानकारी दिए । उनले भने , ‘सम्भवत: पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।’

साथै पत्रकार सम्मेलनमा सागको समापन समारोहमा भने प्रधानमन्त्री ओलीले सहभागी नहुने बताइएको छ । सागको समापनमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल रहने जानकारी दिइएको छ ।