दोस्रो किशोर स्मृति क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दोस्रो किशोर स्मृति क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन विजयी



कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर कबर्डहलमा दोस्रो किशोर स्मृति क्रिकेट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम युवा समाज स्टार प्रोडक्सनको आयोजनामा बुधबारदेखि दोस्रो किशोर स्मृति क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

बुधबार भएको दोस्रो किशोर स्मृति क्रीकेट कपमा फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन कलेज बिजयी भएका छन् । पहिलो खेलमा बैजनाथ इन्जिनियर कलेजले टस जित्दै ब्याटिङ गरेको थियो । बैजनाथले १० ओभरको खेलमा ६ बिकेट गुमाउँदै ६६ रन बनाएको थियो । बैजनाथ इन्जिनियर कलेजका लागि लोकेश धामिले २२ बलमा २६ रन र मुकेश जोशी १६ बलमा १९ रन बनाएका थिए । फ्लोरिडा कलेजका लागि सुरज रावलले २ बिकेट हात पारे भने राहुल चुनाराले १ बिकेट लिए ।

६७ रनको बिजयी लक्ष्यका साथ मैदानमा उत्रेको फ्लोरिडा कलेजले ९.४ ओभरमा लक्ष्य भेटाएको थियो । फ्लोरिडाका लागि राहुल चुनाराले २६ बलमा २९ रन बनाएर कलेजलाई जित दिलाउन सफल भए । बैजनाथ इन्जिनियर कलेजका लागि लोकेश धामीले २ बिकेट हात पारे । म्यान अफ द म्याच फ्लोरिडाका राहुल चुनारा घोषित भएका थिए ।

दोस्रो खेलमा लिटिल बुद्धले आदर्श बिद्या निकेतनलाई २७ रनले पराजित ग¥यो । टस हारेर लिटिल बुद्धले आर्दशलाई ब्याटिङको निम्तो दिएको थियो । १० ओभर खेल्दै ८ बिकेट गुमाएर ७५ रन बनाउन सफल भएको थियो । लिटिल बुद्धको लागि विशाल ऐरले २१ बलमा २९ र दिनेश बिष्टले २१ बलमा २० रन बनाए । आदर्शका लागि प्रकाश शेष्ठले २ बिकेट लिए भने लोकेन्द्र खत्री र बिरेन्द्र बडालले समान १÷१ बिकेट लिए । जवाफमा ब्याटिङमा उत्रेको आदर्श बिद्या निकेतन १० ओभर खेल्दै ४८ रन मात्र बनायो । आदर्शको लागि आयुश चन्दले १० रन बाहेक अन्य कुनै पनि ब्याट्स म्यानले दोहरो अंक बनाउन सकेन् । लिटिल बुद्धका लागि केशब ऐर र योगेश शाहीले समान २÷२ बिकेट लिए । दोस्रो खेलका म्यान अफ द म्याच विशाल ऐर घोषित भए ।

तेस्रो खेलमा ब्रीस्टन कलेज १० रनले बिजयी भएको थियो । टस जित्दै जनज्योतिले ब्रीस्टनलाई ब्याटिङको निम्तो दिए थियो । ब्रीस्टन कलेजले १० ओभरमा ५ बिकेट गुमाउँदै ८६ रन बनाएको थियो । ब्रीस्टनको लागि नरेश बिष्टले १७ बलमा ३३ रन बनाए भने बिबस बडालले १९ बलमा २० रन बनाए । सुमित सिनाल, युबराज अधिकारी र दिपेन्द्र भन्डारीले समान १÷१ बिकेट लिए । ८७ रनको बिजयी लक्ष्यका साथ मैदानमा उत्रेको जनज्योती कलेजले १० ओभर खेल्दै ७ बिकेट गुमाउँदै ७६ रन मात्र बनायो । जनज्योतीले २३ बलमा २८ बनाएको थियो । ब्रीस्टन कलेजका लागि नरेश बिष्टले २ बिकेट हात पारे भने बिबस बडाल र महेश सिंहले समान १÷१ बिकेट हात पारे । ब्रीस्टन कलेजका नरेश बिष्ट म्यान अफ द म्याच घोषित भए ।

दोस्रो किशोर स्मृति क्रिकेट कप प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रोहित बडुको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा यज्ञराज जोशी रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथि बिरेन्द्र चन्दलगायत कार्यक्रममा सहभागि थिए ।